© २०२३
प्यूठान, १४ मङ्सिर ।
ऐरावती गाउँपालिकाको केन्द्र बरौला पहुँच मार्गको पहुँच नजिक पुगेको छ । यस वर्ष चेरनेटा बरौला सडक कालोपत्रे गर्नेगरि ठेक्का भएपछि पालिकाको प्रमुख प्रशासकीय केन्द्र रहेको बरौलासम्मै सडक कालोपत्रे हुने भएको हो ।
प्यूठान नगरपालिका–१ चेरनेटा देखि गाउँपालिकाको केन्द्र बरौलासम्म २२ कि.मि मध्ये १० दशमलव ५ कि.मि गत वर्ष नै कालो पत्रे भइसकेको छ । बाँकी ६ कि.मि निर्माणको लागि यस वर्ष.ठेक्का मार्फत आँसु-हरीयाली जेभीले ०८२ पुस १० गते भित्र काम सक्नेगरी कामको जिम्मा लिएको छ । यस सडकमा निर्माण व्यवसायीले हिजोआज धमाधम काम गरिरहेको पूर्वाधार विकास कार्यालय प्यूठानका प्रमुख चन्द्र शाहले जानकारी दिए ।
१२ करोड ९३ लाख ६५ हजार लागत अनुमान गरेको सडक ८ करोड २६ लाख ६५ हजार ६ सय ९४ रूपैयाँमा काम सक्नेगरि निर्माण व्यबसायीले कार्यालय संग सम्झौता गरेका छन् । काम सम्ने अवधि दुई वर्ष भएपनि यसै आर्थिक वर्षमै काम सक्नेगरि काम गरिहेको आँसु÷हरीयाली जेभीका सञ्चालक बालाजु श्रेष्ठले बताए । निर्माण व्यासायिका अनुसार सडक कटानगरी फराकिलो बनाउने, ढलान गर्नुपर्ने काम सम्पन्न भइसकेका छन् । नाला निर्माण, जाली, पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको श्रेष्ठले बताए ।
‘यहि असार मसान्तमै काम सम्पन्न गरिसकिन्छ’ श्रेष्ठले भने, ‘तर सरकारले यसवर्ष खर्च गर्नेगरि बजेट कम बिनियोजन गरेकाले हामीलाई भुक्तानीमा समस्यामा पर्ने चिन्ता छ ।’ प्रदेश सरकारले २०७७÷०७८ देखि स्थानीय तहहरूको केन्द्रलाई जोड्न पहुँचमार्गको निर्माण गर्ने योजना अघि सारेको थियोे । नाला निर्माण गरेर ५ दशमलव ५ मिटरमा पीच गर्ने गरि ठेक्का सम्झौता भएको सडक पूर्वाधार कार्यालय प्यूठानले जनाएको छ । यो सडक निर्माण सम्पन्न भएपछि प्यूठानका ऐरावती, मल्लरानी, अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका क्षेत्रका करिव ५० हजार जनसंख्या लाभान्वित हुने सडक पूर्वाधार कार्यालयले जनाएको छ । सडक कालो पत्रे भएपछि आफूहरूलाई आगमनमा निकै सहज हुने ऐरावती गाउँपालिका–६ बिजुलीका दिपक आचार्यले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी