ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

तुलसीपुर उपमहानगरमा कर्मचारी बढुवा विवादः कानुनी र प्रशासनिक प्रश्नहरू

१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

लमही, १४ मसिर ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले २०७८ कार्यविधि बनाएर स्थानीय तह मातहतका कर्मचारीहरुको बढुवा ग¥यो । १ पुस २०७८ को कार्यपालिका बैठकले तह बृद्धि गरेपछि विवादित भएको विषय अझैसम्म पनि किनारा लाग्न सकेको छैन । त्यति मात्रै होईन्, अदालत, महालेखा परीक्षकको कार्यालय र अख्तियारले समेत यसको विरुद्धमा फैसला गरेका छन् ।

उपमहानगरपालिकाले आफूखुसी कर्मचारी बढुवा गरेर तलब खुवाएको भन्दै ४३ जना कर्मचारीले खाएको तलबमा बेरुजु समेत देखाएको छ । ती कर्मचारीले आर्थिक बर्ष २०७९÷०८० मा खाएको ५ लाख २९ हजार ३ सय ९९ रुपैयाँ असूल उपर गर्नुपर्ने गरी प्रतिवेदनमा उल्लेख गरेको छ । लुम्बिनी प्रदेश लोकसेवा आयोग ऐन २०७५ को दफा १० को व्यबस्था प्रतिकुल हुने गरी उपमहानगरपालिकाले कर्मचारी बढुवा गरेको थियो । संवैधानिक ब्यबस्था बमोजिम स्थानीय सेवा ऐन नबनेको र प्रदेश लोकसेवाबाट परामर्श समेत नलिएकाले उक्त स्तरबृद्धि कानुन बमोजिम नभएको उल्लेख छ ।

अदालतसम्म पुगेको विषय

यो विषय अदालतसम्म पनि पुगेको छ । लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रदेश लोकसेवासँग समन्वय नगरी गरिएको निणर्य भन्दै बदर गर्न उपमहानगरपालिकालाई निर्देशन गरेको थियो । त्यसकै विरुद्ध ३३ जना कर्मचारीहरु उच्च अदालत तुलसीपुरमा पुगे । तर, अदालतले २६ साउन २०८० मा रिट खारेजीको फैसला ग¥यो ।

त्यसको पूर्णपाठ ३ साउन २०८१ मा जारी ग¥यो । त्यसको ३० दिन भित्र सर्वोच्चमा पुनरावेदन गर्न पूर्ण पाठमा भनेको थियो । त्यसलाई टेकेर केही कर्मचारीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेको भनि कर्मचारीहरुले दावी गरेका छन् । तुलसीपुरमा विहीबार पत्रकार सम्मेलन गर्दै कर्मचारी ललित बहादुर घर्तीले अदालतमा पुनरावेदन गरेको बताएका छन् ।

यद्यपि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुुर डाँगीले भने सरकारी कामकाजीको कुरा भएको विषय भएकाले अदालतबाट आधिकारिक आदेश आउनु पर्ने बताए । तर, त्यो आदेश नआएको उनले बताए । ‘सर्वोच्चमा पुनरावेदन भएको भए, त्यसको कुनै आदेश आउनु पथ्र्यो’,उनले भने‘तर, त्यसरी केही आदेश आएको छैन ।’

अख्तियारको पत्र : अदालतको निर्णय किन अपमान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने उच्च अदालतले बढुवा गर्ने कार्यको रिट बदर गरेको अबस्थामा बढुवा भएकै पद बराबरको तलब खाइरहेको विषयमा प्रश्न चिन्ह उठाउँदै पटक–पटक पत्र पठाउने गरेको छ । प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरेर पटक–पटक पठाएका पत्रमा बढुवा गर्नु भन्दा पहिले जुन पदमा थिए, त्यही पदको तलब खुवाउनु पर्नेमा बढी तलब दिएको विषयमा प्रश्न गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?