ट्रेंडिंग:

>> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने

राप्तीका तीन हजार बालबालिकाको पोषण जाँच्ने

१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

लमही, १४ मंसिर ।
दाङको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन ३ हजार ३ सय ८७ बालबालिकाको पाखुराको नाप लिने अभियान शुरु गरिएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाको नौ वटै वडाका ६ देखि ५९ महिना सम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हो । हेलन केयर, भिटामिन एन्जेल र आईडिईको सहयोगमा बेस संस्था द्वारा सञ्चालित ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो ।
बालबालिकाको पाखुराको बिच भागको परिधी मापन गरेर कुपोषणको अवस्था वर्गीकरण गरिन्छ ।
यसरी नाप लिँदा ५.५ सेन्टिमिटरदेखि ११.५ सेन्टिमिटरः कडा कुपोषण (रातो चिन्ह), ११.५ सेन्टिमिटरदेखि १२.५ सेन्टिमिटरः मध्यम कुपोषण (पहेलो चिन्ह) र १२.५ सेन्टिमिटरभन्दा माथिः सामान्य अवस्था मानिन्छ ।
गाउँपालिकाका ९ वटै वडाका ६४ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकाको पाखुराको नाप लिइने योजना रहेको छ । परियोजनाको पहिलो चरणमा घरदैलोमार्फत सचेतना फैलाउँदै सबै बालबालिकाको मल्टीसेक्टरल एक्योन् फर न्यूट्रिसन (मुआक) लिने कार्य गरिने छ ।
मुआक परीक्षणपछि बालबालिकाको पोषण सुधार गर्न योजना निर्माणमा सहयोग पुग्ने हेलन केयरका फिल्ड संयोजक अनिल केसीले बताए । दाङको राप्ती गाउँपालिकामा बालबालिकाको पोषण सुधार गर्न थालिएको यो अभियानले समुदाय–आधारित स्वास्थ्य प्रवद्र्धनमा सकारात्मक योगदान दिने सम्भावना छ । यो पहलले विभिन्न पक्षलाई समेटेको छ, जस्तै हेलन केयर, भिटामिन एन्जेल, आईडिई, र स्थानीय स्वास्थ्य स्वयंसेविकाहरू पाँच वर्षे अवधिमा पालिकाका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरिने संयोजक केसीले जानकारी दिए । संस्थाका जिल्ला सचिव रूपलाल चौधरीले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रदायक संस्था, वडास्तरीय स्वास्थ्य संरचना र सरोकारवालाबीच समन्वय गरेर पोषण सुधारका प्रयासलाई अघि बढाइने बताए । राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले बालविवाह न्यूनीकरण र पोषणयुक्त खानाबारे सचेतना अभिवृद्धि गर्न पालिकाले जोड दिँदै आएको बताइन् ।
त्यस्तै गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष प्रवक्ता पहलवान चौधरीले बालबालिकाहरू कुपोषणमुक्त भए मात्रै उनीहरूको शारीरिक, मानसिक तथा शैक्षिक अवस्था राम्रो हुने बताउँदै यो अभियानलाई सशक्त बनाउनु पर्नेमा लैजाने बताए । राप्ती गाउँपालिकामा हाल ०.३५ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?