© २०२३
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर चिन्तामणि भट्टराईले सकारात्मक सोचको विकासले मात्र समाज परिवर्तन गर्न सकिने बताएका छन् ।
विश्वमा रोटरी अभियानले यही सन्देश वोकेको बताउँदै उनले सकारात्मक साेंचले मात्र संसार परिवर्तन गर्न सकिने धारणा व्यक्त गरे ।
रोटरी क्लब अफ बुटवलको आयोजनामा शनिवार बुटवलमा भएको चौथो क्लब एसम्ली तथा रोटरी रोटयाक्टर तथा इन्ट्याक्ट भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दे क्लबका गभर्नर भट्टराईले रोटरी अभियान गरिवी अभाव र समस्याग्रस्त ठाउ“मा पु¥याउनु पर्ने बताए ।
समुदायसंगको सहकार्यबाटै समाजमा सकारात्मक सोचको विकास गर्न सकिने भएकाले सबै रोटरीयनहरूले सामाजिक सेवाको आधार समुदायलाई नै बनाउन सुझाव दिए । ‘समुदायको आवश्यकता समस्या वुझ्नुहोस र मात्र योजना बनाउनुस, तपाईले थोपरेको योजनाले समुदायमा काम नहुन पनि सक्छ ।’ उनले भने । उनले नेपालको आवश्यकतामा मात्र विदेशी संस्थाहरूको सहयोग स्वीकार्य हुने बताउँदै विदेशीको चाहनाले नेपालीको भावना बुझ्न नसक्ने बताए । कार्यक्रममा रोटरी इन्टरनेश्नल डिष्ट्कि ३२९२ नेपाल भूटानका सचिव शरद न्यौपानेले सामाजिक सेवाको भाववाट उत्प्रेरित भई रोटरी अभियानमा लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा जोन १९ का एसिस्टेन गभर्नर कृष्ण प्रसाद अर्यालले रोटरीको मुख्य थिम उत्प्रेरणाबाट उत्प्रेरित भई सामाजिक सेवामा लाग्न आग्रह गरे । चौथो क्लब एसम्लीमा पब्लिक रिलेशन चेयर प्रज्ववल थान्जु, रोटरी फाउण्डेशन चियर खिम नारायण पराजुली, सर्भिस प्रोजेक्ट चेयर बोनिन पिया, मेम्वरसिप चियर खेम पुन, क्लब एड्मीस्टेटर समितिका मणिरत्न पाण्डेले प्रतिवेशन पेश गरेका थिए ।
त्यसैगरी रोटरी क्लब अफ बुटवलको १२ सय ३६ औ नियमित बैठक क्लब सचिवालयमा सनिवार विहान सम्पन्न भएको छ । डिजि चिन्तामणि भट्टराई अध्यक्ष नारयण प्रसाद पन्थ पुर्व अध्यक्ष अजयमान श्रेष्ठ इलेक्ट प्रेसिडेण्ट डिल्ली कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
सचिव दया भण्डारी अघिल्लो वैठकको माइन्युट वाचन गरेर सुनाएका थिए भने डिजी भट्टराईको वायोडाटा सहसचिव रोमनाथ शर्माले प्रस्तुत गरेका थिए । वैठकमा रोटरीयन रोट्याक्टर, इन्टाक्टर तथा अतिथिहरूगरि ९२ जनाको उपस्थिति रहेको सर्जन एट आम्स यादव घिमिरेले जानकारी दिए । यसैविच शंकरनगर बनवाटिकामा निर्माण हुन लागेको ट्वाए टे्नको एक कार्यक्रम विच डिजि चिन्तामणी भट्टराईले सिलान्यास गरेका छन । वनवाटिका भित्र रहेको रोटरी चाईल्ड डेभलपमेण्ट सेन्टरमा वालवालिकाहरूको लागि ट्ेन संचालन गर्न लागिएको हो ।