© २०२३
कपिलवस्तु यातायातको शनिबार सम्पन्न नवौं अधिबेशनले सन्तोष हमालको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको छ । अध्यक्ष पदमा निर्वाचित हमालले ३६ मत प्राप्त गरी निर्वाचित हुदाँ अर्का अध्यक्ष उम्मेदबार मोहम्मद ईस्लियाक हलुवाईले २६ मत प्राप्त गर्न सफल भए । त्यसै गरि उपाध्यक्ष पदमा राजकुमार पाण्डेयले ३४ मत ल्याई निर्वाचित भए भने राजेन्द्र कुमार चौधरीले २७ मत ल्याए । सचिव पदमा परशुराम कहाँरले ४१ मत ल्याउदा सचिवका अर्का उम्मेदबार रामनेवास हरिजनले २० मत पाउन सफल भए । कोषाध्यक्षमा चमन प्रकाश चौधरी ३५ मत ल्याएर निर्वाचितभए भने कोषाध्यक्षका अर्का उम्मेदबार सकिल अहमद फकिरले २८ मत ल्याए । सहसचिवमा ३२ मत ल्याएर राधेलाल गुप्ता निर्वाचित भए भने राधेश्याम बरईले ३० मत प्राप्त गरे ।
चार सदस्य पदमा धनश्याम कान्दु ३७ मत, बब्लु कहाँर ३५ मत, देबीशरण कुर्मी ३४ मत र कृष्ण प्रसाद गुप्ता कान्दु ३२ मत ल्याएर निर्वाचित भएको निर्वाचन संयाजक राजु प्रसाद अर्यालले जानकारी दिए । सदस्य पदमा समान ३२ मत ल्याएका अर्का सदस्य उम्मेदबार सहिम रंगरेजले कान्दुलाई सदस्य पद छाडेका थिए । निर्वाचनमा कपिलवस्तु यातायातमा संलग्न ६४ सवारीधनी रहेका मतदाताले मतदान गरेका थिए । कपिलवस्तु यातायातमा निर्वाचित अध्यक्ष सन्तोष हमालले आफुले व्यवसायीक हितमा कार्य गर्ने बताउदै देशकै नमुना यातायात बनाउन पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।