© २०२३
दूव्र्यशनी नियन्त्रण गर्नको लागि देवदह वडा नं ७ का अध्यक्ष पदम थापा सहितको टोलीले पर्चा टास्ने कामलाई तिब्रता दिएको छ । अध्यक्ष थापाको नेत्रित्वमा लागुऔषध बिक्रि तथा सेवन निषेधित क्षेत्र र मदीरा सुर्ती, चुरोट नियन्त्रित क्षेत्र बनाउनको लागि पर्चा टास्ने कामलाई निरन्तरता दिइएको हो । समाजमा रहेका युवाहरूलाई दूव्र्यशनीबाट बचाउन यस्तो अभियान संचालन गरिएको अध्यक्ष थापाले बताए । उनले देवदह वडा नं ७ भित्र दूव्र्यशनी नियन्त्रणको लागि पहिलो चरणमा पर्चा टास्ने काम हुने, दोश्रो चरणमा घरदैलोमा माइङ्किङ गर्दै हिड्ने र तेश्रो चरणमा जनचेतना फैलाउनको लागि बिद्यालय तथा गाउँ समाजमा तालिम, गोष्ठि संचालन गरिने बताए । कार्यक्रममा दूव्र्यशनी नियन्त्रण अभियानका उपाध्यक्ष भरत गुरुङ्गले लागुपदार्थ उल्लेखिय मात्रामा सेवन गर्ने स्थानमा यो अभियानलाई विशेष महत्वका साथ हेरिने बताए । à