ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

आगजनी गर्दै भाग्ने गिरोह फेला परेन

१४ मंसिर २०७५, शुक्रबार
१४ मंसिर २०७५, शुक्रबार

नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ स्थित खजुरा रोडमा पार्किङ्ग गरिएका पाँचवटा ई रिक्सामा अज्ञात व्यक्तिले बुधबार राती आगजनी गरेको छ । पार्कि· गरिएका पाँच वटा इ रिक्सा पुर्ण रूपमा क्षति भएका छन् भने रिक्सा नजिकै रहेको दुई वटा किराना पसलमा पनि आगजनी प्रयास गरिएको छ ।
अज्ञात समूहले रातीको समयमा आगजनी गरि फरार रहेको प्रहरीले जानकारी गराएको छ । धम्बोझी चोकदेखि करिब सय मिटर अगाडी आगजनी हुँदा समेत प्रहरीले आगजनी गर्ने गिरोहलाई पक्राउ गर्न सकेको छैन । आगजनी गरेको यो पहिलो पटक नभएको स्थानीयबासी बताउँछन् । एक र दुई साता अघि पनि आगजनीको प्रयास गरिएको थियो ।
आगो, कसले र किन लगायो भन्ने थाहा नभएको रिक्सा धनी अनवर हल्वाईले बताए । यसरी बन्द रहेको पसल र यातायातका साधनमा आगजनीका घटना हुन थालेपछि व्यवसायीहरू आतंकित भएका छन् । आगजनि भई क्षति हुने इ रिक्सा भे १ ह २३३९, भे १ ह १२२०, रनियापुर ४६, कोहलपुर नगरपालिका १५५, जमुनी २२३ नं. रहेको इ रिक्सा जलेर नष्ट भएका छन् । १० लाखको क्षति भएको हल्वाईले बताए । बिहीबार विहान घटनास्थल पुगेको नेपालगन्ज १ का वडाध्यक्ष प्रमोद रिजालले घटनाबाट त्रासको वातावरण फैलिएको बताए । उनले यसअघि पनि यस्तै प्रकृतिको घटनामा उजुरी भैसकेको अवस्थामा प्रहरीले गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।
‘धम्बोझी चोकबाट सय मिटरको दुरीमा रहेको मुख्य सडकमा घटना हुनुले सुरक्षा व्यवस्थामा प्रश्न उठाएको छ’, वडाध्यक्ष रिजालले भने । नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायीहरूले असुरक्षित महसुस गरिरहेको बताए । ‘यसअघि पनि व्यवसायीले उजुरी गरिसकेका छन, सहरका सिसि क्यामेरा जडान छन, खोई त प्रहरी अनुसन्धान’, मन्सुरीले भने । ‘बन्द रहेको पसलमा नै आगो लगाउने प्रयास गरिएको छ’, व्यवसायीले ढुक्कसँग व्यवसाय गर्न सक्ने वातावरण नभएको बताउँदै मन्सुरीले भने , ‘घटनालाई गम्भीर रूपमा लिएर प्रहरीले कारवाही गरोस् ।’ नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणा र उप प्रमुख उमा थापा मगर घटनास्थल पुगेर आगजनीको घटनाको जानकारी लिएका छन् । यसअघि पत्रकार अर्जुन ओलीको घरमै पार्किङ्ग गरिएको मोटरसाइकलमा अज्ञात व्यक्तिले आगो लगाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?