© २०२३
सिमावर्ति क्षेत्रमा लागूऔषधको सेवन तथा मद्यपान सेवन कार्यले घरेलु हिँसा बढाएको एक कार्यक्रममा सरोकारवालाले बताएका छन् । सिमा प्रहरी चौकी महेशपुर र पाल्हीनन्दन गाउँपालिकाको संयुतm आयोजनामा गरिएको उतm कार्यक्रममा बतmाहरूले बताएका हुन् ।
प्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत पाल्हीनन्दन गाउपालिका प्रतिनिधिसंग भएको अन्तरक्रिया कार्यक्रममा सिमा क्षेत्रमा जनताले भोग्दै आएका सास्तीसंगै गाउबस्तिमा लागूऔषधको ओसार पसार तथा सेवनकर्ता बढेकोले हिँसा समेत निम्त्याएको जानकारी गराएका थिए । कार्यक्रममा सिद्धार्थ माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले एउटै वार्डमा २ सय लागु औषध सेवनकर्ता रहेको जानकारी गराए । त्यसमा केही विद्यालयमा अध्ययनरत विद्यार्थी समेत रहेको उनले जनाए । लागूऔषध महामारीको रूप लिँदैछ, तर गाउँपालिका र प्रहरी औपचारिक कार्यक्रममा मात्र रुमलिएका छन् ।
यसले घरेलु हिँसा समेत बढाएको छ । जुन गाउँपालिका र प्रहरीमा हिँसाका घटना पुग्ने गरेका छन् । त्यसै गरि अनियन्त्रित रूपमा गाउँ गाउँमा रहेका किराना पसल, गुम्तीमा समेत लागु औषध र मदिराको विक्रि हुने गरेको छ । हिसाँका कारण यिनै हुन,तर त्यसबारे नत गाउपालिकाले कुनै नीति बनाएको छ, नत प्रहरीले निगरानी नै बढाएको देखिन्छ । हिंसा नियन्त्रण गर्न खोज्ने तर हिँसाका कारणमा उपचार नगर्ने हुदा हिँसाका घटनामा वृद्धि हुनु स्वभाविक भएको गिरीले जनाए । परिणाममा निकास खोज्नु भन्दा कारणको उपचार गरे चाडै समाधान निस्कने उनको भनाई थियो ।
उनका अनुसार किसोर र युवाहरू लागु औषधमा फस्दै छन्, तर गाउपालिकाले युवा लक्षित कुनै प्रभावकारी कार्यक्रम बनाएको छैन् । केही औपचारिकता पुरा गर्न एक दुई योजना जनचेतनाका लागि राखे पनि कमिसनको प्रलोभनमा परेर गाउपालिका बाहिरका संघ सस्थालाई टेण्डर मार्फत कार्यक्रम दिईने गरेको छ । यसले लक्षित बर्गसम्म पनि पुगेको छैन् । लागू औषधमा फसेका युवा किसोरलाई त्यसबाट छुटाउनुका साथै युवाहरूलाई खेलकुद वा आयआर्जन गर्ने खालका सिपमुलक कार्यक्रममा संलग्न गराउने खालको कार्यक्रम गाउँपालिकाले बनाउनु पर्ने माग सहभागिहरूको रहेको थियो । सहभागिहरूले राखेको कुरा प्रति सहमति जनाउदै गाउपालिकाकी उपाध्यक्ष पावित्री कोहाँरले हिँसाको अत्य गर्नका लागि हिसाँका कारणबाटै उपचार आवश्यक रहेको बताईन् ।
न्यायिक समितिका संयोजक समेत रहेकी कोहाँरले भनिन्,न्यायिक समितिमा आउने मुद्दा मध्ये ६५ प्रतिसत घरेलु हिँसाको रहेको छ । यो समस्या अहिले ग्रामिण क्षेत्रमा झन् बढदै गएको उनले बताईन् । लागूऔषध सेवनकर्ता साच्चिकै बढेको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले स्वीकारे । उनले पनि आफुसंग तिन वटा गाँउमा मात्रै १ सय ६१ जनाको नाम नै आफुसंग आई सकेको बताए । उनीहरूलाई कसरी समान्य जिवनमा फर्काउने अहिले चुनौती बनेको छ । यसलाई सबैले मिलेर समाना गर्नु पर्ने आवश्यकता रहेको उनले दर्शाए । कार्यक्रममा प्रहरी निरिक्षक केशवराज ज्ञवालीले प्रहरीको क्षेत्रबाट आफुले र समुदायको तर्फबाट गाउपालिकाले नेतृत्व लिएर समाजिक विकृति विरुद्ध अगाडी बढने प्रतिवद्धता जनाएका थिए ।