ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

किड्स कोसामाजिक परीक्षण

१३ मंसिर २०७५, बिहीबार
१३ मंसिर २०७५, बिहीबार

जिल्लामा क्रियाशिल रहेको गैरसरकारी संस्था कपिलवस्तु ईन्ट्रिग्रेटेड डेभलप्मेन्ट सर्भिसेज (किड्स) को सामाजिक परिक्षण सम्पन्न गरिएको छ । जिल्लास्तरीय सरोकारवाला र पिएसआई तथा सेभ द चिल्ड्रेन लगायतका दातृ निकायका प्रतिनिधिको उपस्थितीमा सामाजिक परिक्षणको कार्य सम्पन्न गरिएको हो । सो अवसरमा कार्यक्रम संयोजक कमला शुक्लाले पिएसआईको सहयोगमा सञ्चालित महिला स्वास्थ्य कार्यक्रम, ग्लोबल फन्डको सहयोगको राष्ट्रिय क्षयरोग कार्यक्रम, प्रवासी तथा उनीहरूको परिवारमा एचआईभी÷एड्स न्युनिकरण कार्यक्रम र मोबाईल मलेरिया कार्यक्रम, गरिबी निबारण कोषको सहयोगको गरिब तथा पिछडिएको वर्गको लागी गरिबी न्युनिकरण कार्यक्रमको लक्ष्य, उदेश्य, कार्यक्षेत्र, उपलब्धी, सिकाई र चुनौती बारे प्रस्तुतीकरण गरेकी थिईन ।
सामाजिक परिक्षणको सहजीकरण गैसस महासंघका जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तवले गरेका थिए । संस्थाले कपिलवस्तु सहितका अन्य जिल्लामा स्वास्थ्य र स्वरोजगारको कार्यक्रम गर्दै आएकोमा संस्थागत पारदर्शिताका लागी सामाजिक परिक्षणको आयोजना गर्नु सान्दर्भिक रहेको सहभागीहरूले बताए । संस्था सबै सरोकारवाला प्रति पारदर्शि र जवाफदेही भएकै कारण कपिलवस्तु सहितका पाँच जिल्लामा सफल रूपमा परियोजना सञ्चालन गर्दैै आएको संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार द्विबेदीले जानकारी गराए ।

संस्थाले परियोजना सञ्चालन गरेका जिल्लाका सरोकारवालाको सहभागीतामा आयोजना गरिएको कार्यक्रम प्रभावकारी हुनुका साथै संस्थागत पारदर्शिताको नमुना भएको पिएसआईका क्षेत्रिय संयोजक बृखराज उपाध्यायले बताए । संस्थाले आयोजना गरेको सामाजिक परिक्षणले संस्थागत बिकासमा सहयोग पु¥याएकोमा सेभ द चिल्ड्रेनका मिन बहादुर सिंह र जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले बिश्वास व्यक्त गरे । गैरसरकारी संस्थामा संस्थागत बिकासका लागी निती, बजेट र कार्यक्रममा पारदर्शिता आवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए । संस्थाले गरेका कार्यक्रम उपलब्धिमुलक देखिएको बताउदै ग्रामिणतहमा कार्यरत सो संस्थाको कार्य क्षेत्र बिस्तार गर्नु पर्ने जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले सुझाव दिए । संस्थाका कार्यवाहक अध्यक्ष दिग्बिजयनाथ पाण्डेयको अध्यक्षता र कार्यक्रम संयोजक हुकलाल अधिकारीको सञ्चालनमा सामाजिक परीक्षणको कार्यक्रम सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?