© २०२३
धनुषाका २३ बर्षिय महादेव शाहको परिवारले न्याय नपाएको गुनासो गरेका छन् । उनको गत साउन २० गते भैरहवा मेडिकलकलेजमा उपचारका क्रममा मृत्यू भएको थियो । अस्पतालमा एमबिबिएस अध्ययनरत विद्यार्थी समेत रहेका शाहको उपचारमा अस्पतालको लापरवाहीका कारण मृत्यू भएको परिवारको दावि रहेको छ ।
रिर्पोटस क्लब प्रदेश ५ बुटवमा साक्षात्कार कार्यक्रम आयोजना गरी पिडित शाहका परिवारले न्याय नपाएको गुनासो गरेका हुन् । महादेवका भाई अविनास शाहले सम्पत्ति बेचेर दाजूलाई पढाइएको बताउँदै अहिले परिवारमा विचल्ली भएको बताए । अस्पतालले छानविन समितिको प्रतिवेदन समेत लागू नगरेको भन्दै दाजूको पढाईमा लागेको खर्च उपलब्ध गराउनुपर्ने परिवारको माग छ । ‘अस्पतालले छानविन गरेर क्षतिपूर्ती दिने सम्झौता गरेको थियो, महिनौं वित्दा पनि अस्पतालले हाम्रो कुरा सुनेन’ उनले भने ।
छानविन समितिले अस्पतालले उपचारमा लापरवाही गरेकाले प्रचलित कानुनअनुसार उचित क्षतिपूर्ती दिन अस्पताललाई निर्देशन दिइएको थियो । छानविन समितिले बुझाएको लामो समयसम्म पनि पिडित परिवारले न्याय नपाउनु दुःखद भएको छानविन समितिका सदस्य एवं इलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत विष्णु ज्ञवालीले बताए । उनले प्रशासनको तर्फबाट पहल भइरहेको तर अस्पताल प्रशासनले पिडित परिवारबाट कुनै माग नभएको भन्दै आलटाल गर्दा ढिलाई भएको बताए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश ५ का प्रमुख पवन भट्टले मेडिकल विद्यार्थी नै उपचारमा लापरवाही भएर मृत्यू हुने कुरा सामान्य नभएको भन्दै अस्पतालले लापरवाही गरेको बताए । उनले तत्काल पिडित परिवारलाई राहात दिन अस्पताललाई आग्रह गरे । नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कृष्ण खरेलले प्रतिवेदन अनुसार अस्पतालले पिडितलाई न्याय दिनुपर्ने बताउँदै चिकित्सकको लापरवाही भए कारवाही गर्न आफूहरू तयार रहेको बताए ।
नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष एवं अस्पताल घटनाको छानविन समितिका सदस्य दिनेश पाण्डेले उपचारमा अस्पतालमा धेरै कमजोरी भएको पाइएकाले छानविन समितिको प्रतिवेदन अनुसार अस्पतालले पिडित परिवारलाई न्यायदिनुपर्ने बताए ।