© २०२३
बुटवल उपहानगरपालिका वडा नं. ६ मा रहेको मुनफिल्ड क्लबले नगरको सामाजिक हित र सेवामा योगदान गरेका समाजसेवीहरूलाई सम्मान गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत सांस्कृतिक कार्यक्रमसँगै समाजसेवीहरूलाई सम्मान गरेको हो ।
समग्र नगरको विकासमा योगदान पु¥याउने समाजसेवीहरू शेर बहादुर गौतम, भानुभक्त पौडेल, सुशिला खड्का, मणी भण्डारी, लेखनाथ भण्डारी, लेखबहादुर कुँवर, डिल्लीराज भण्डारी, पदम जीसी, शंकर प्रधान, खेम शाही, भक्त बहादुर अधिकारी, सारदा श्रेष्ठ, झपिन्द्र गौतमलाई दोसल्ला र कदरपत्रबाट सम्मान गरिएको हो । यसैगरि वडाका वृद्धवृद्धाहरू बेल कुमारी गौतम, युग कुमारी कुँवर, तुलसा अर्याल, डिल्लीराम भण्डारी, विष्णु मल्ललाई समेत दोसल्ला र सम्मनपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा नेकपाका प्रदेशसभा सदस्य दधिराम न्यौपाने माधव, पाँच नम्बर प्रदेश राष्ट्रिय अनुसन्धानका प्रहरी निर्देशक टेकेन्द्र कार्की, नेकपाका जिल्ला सचिव निर्मल जिसी, नेपाली कांग्रेसका नगरसभापति खेलराज पाण्डे, नयाँशक्ति पार्टीका यज्ञ पोखरेल, जनमोर्चा नेपालका ढुडीराज पौडेलले सम्मान गरेका थिए । युवाहरूलाई सामाजिक हितमा लगाउने लक्ष्यसहित गठन भएको क्लबबाट वर्षको एक दिन रमाईलोसँगै सम्मान कार्यक्रम राख्ने गरेको क्लबका अध्यक्ष योगेन्द्र गौतमले बताए । सांस्कृतिक कार्यक्रममा मुलफिल्ड, फ्रेन्ड क्लब दिपनगर, शिवनगर युथ क्लब, सम्झना युथ क्लब सुख्खानगर, तेस्रोलिङ्गीहरूको समेत नृत्यतथा प्रस्तुति रहेको थियो ।