© २०२३
सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल सरकारले शुरु गरेको सामाजिक सुरक्षा योजना बारे नगरस्तरीय अन्तरक्रिया गरिएको छ । कपिलवस्तु नगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा दिवशका बारे अन्तक्रिया सम्पन्न गरिएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष र योगदानमा आधारित सामाजिक सुरक्षा योजना बारे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले प्रस्तुतीकरण गरेका थिए । सामाजिक सुरक्षा योजनामा औषधी उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बृद्ध अवस्था सुरक्षा योजनाका कार्यक्रम रहेको आचार्यले जानकारी दिए । बिकसित मुलुकका योजनालाई सिको गरेर सरकारले ल्याएको सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सकिए बिपन्न बर्ग लाभान्वित हुने बाल संगठनका जिल्ला अध्यक्ष राजु प्रसाद अर्यालले बताए । सामाजिक सुरक्षा योजना बिपन्न बर्गको लागी लाभदायक भएको बताउदै योजना कार्यान्वयनमा केन्द्र, प्रदेश र स्थानिय सरकारको सहकार्य आवश्यक रहेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताए ।
न्युन आय भएका नागरिकको हितलाई ध्यानमा राखी सरकारले योजना अगाडी बढाएको प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले बताए । सामाजिक सुरक्षाका कार्यक्रम मध्य योगदानमा आधारित सुरक्षाका कार्यक्रमको प्रभावकारीता बढि रहेको स्पष्ट पार्दै प्रजिअ पोख्रेलले राज्यको सुरक्षामा योगदान दिने सबै नागरिक राज्यको सामाजिक सुरक्षाको योजनामा अट्नु पर्ने मान्यतालाई आत्मसात गरि सरकारले सो योजना अगाडी बढाएको बताए । बिकसित मुलुकमा दिईने सामाजिक सुरक्षाझै महत्वपुर्ण हुनुका साथै चरणबद्ध लागु गरिएकाले योजनाका त्रुटी वा सुधार्नु पर्ने बिषयमा बहस आवश्यक रहेकोमा उनको जोड थियो । à