ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

पञ्चवर्षीय योजना निर्माणमा लाग्छौंः उपाध्यक्ष रेग्मी

१० मंसिर २०७५, सोमबार
१० मंसिर २०७५, सोमबार

कर्णाली प्रदेश योजना आयोगका उपाअध्यक्ष पुण्यप्रसाद रेग्मीले तत्काल पञ्चवर्षीय योजना निर्माणमा लाग्ने बताएका छन् । आईतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा बोल्दै उपाअध्यक्ष रेग्मीले यस्तो बताएका हुन् । उनले भने ‘अव तत्कालै कर्णाली प्रदेशको अहिलेको अवस्था देखाउने मानचित्र तयार गर्छौं । त्यसको लागी पञ्चवर्षीय योजना तयार गर्नु जरुरी छ । तत्काल यो काममा मेरो ध्यान जाने छ ।’ उनले थपे ‘हाल पुजींगत वजेट खर्च हुन नसक्ने अवस्था रहेको छ । आयोगको क्षेत्राधिकार भित्र रहेर अनुगमनको कामलाई पनि प्रभावकारी रूपमा अगाडि वढाउने प्रतिवद्धता मैल व्यक्त गर्न चाहान्छु । ’ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष पुण्य रेग्मीलाई सपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री शाहीवाट सपथ ग्रहण गरे लगत्तै उपाध्यक्ष रेग्मीले आयोगका सदस्यहरू डा.दिपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई समेत सपथ ग्रहण गराएका थिए ।
त्यस्तै योजना आयोगका पदाधिकारीहरूले आजै पदवहाली समेत गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा व्यवस्थापन गरिएको कार्यकक्षमा उपाध्यक्ष डा.पुण्य रेग्मी, सदस्यद्धय डा. दिपेन्द्र रोकाय र योगेन्द्र शाहीले पदवहाली गरेका हुन् । सपथ ग्रहण पश्चात आयोगको बैठक बसी विभिन्न निर्णय समेत गरको छ ।
मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रवहादुर शाहीको अध्यक्षतामा आईतवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्पन्न वैठकले कर्णाली प्रदेशको दिर्घकालीन विकास मार्गदर्शनको रूपमा प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र चालु आव भित्रै तयार गर्ने निर्णय गरेको छ । त्यसैगरि वैठकले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक नीति तथा कार्यक्रम एवं वजेट तथा योजना तयार गर्न सघाउ पुग्ने गरि वार्षिक योजना तयार गर्ने निर्णय समेत गरेको सदस्य सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
निरौलाका अनुसार चालू आवको वजेट कार्यान्वयनलाई प्रभावकारी वनाउन अनुगमण मूल्याँकन निर्देशिका तयार गरी प्रभावकारी अनुगमणको व्यवस्था मिलाउने पनि आजको वैठकले निर्णय गरेको छ । वैठकले परियोजना वैंक तयार गर्ने, कर्णाली प्रदेशको दिर्घकालीन गुरुयोजना तयार गर्ने, कर्णाली प्रदेशको वास्तविक अवस्था पहिचान सहितको तथ्याँक, सुचकांक र प्रारूप तयार गर्ने, लगायतका निर्णय गरेको छ । आयोगको कामलाई प्रभावकारी वनाउन आवश्यक कार्ययोजना र कार्यतालिका तयार गरी आगामी वैठकमा पेश गर्ने निर्णय पनि आजको वैठकले गरेको छ । वैठकमा योजना आयोगका पदाधिकारी तथा प्रदेश सरकारका मन्त्रीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?