© २०२३
शोभिसन, किरण स्मृति फाउण्डेशन रूपन्देहीले वर्न अस्पताल स्थापना गर्नका लागि अभियान शुरु गर्ने भएको छ । जलेका मानिसको उपचारका लागि यस क्षेत्रमा अस्पताल नभएकाले वर्न अस्पताल स्थापनाको लागि अभियान शुरु गरेको छ । हास्यव्य· कलाकार विष्णु जी पाण्डे माईलाबाका नाबालक छोरा शोविशन पाण्डे र किरण पाण्डेको अल्पायुमै मृत्यु भएपछि वर्न अस्पताल स्थापना गर्ने सोंच बनेको थियो । २०७२ चैत २० र २१ गते अल्पायुमै मृत्यवरण गरेका स्व. शोविशन र किरण पाण्डेको निधन भएपछि शोविसनकिरण फाउण्डेशन स्थापना गरिएको थियो । शोभिसन, किरण स्मृति फाउण्डेशनको आईतबार रूपन्देहीको बुटवलमा बसेको बैठकले वर्न अस्पतालका लागि रूपन्देहीमा अभियान चलाउने निर्णय गरेको छ ।
अस्पालतका लागि तत्काल रूपन्देहीमा रहेका सामाजिक तथा व्यवसायीक संघसंस्था, उद्योगी व्यवसायी, स्थानीय निकाय, सम्बन्धित क्षेत्रका विज्ञहरूसंग सहकार्य र छलफलगर्ने निर्णय गरिएको फाउण्डेशनका सचिव रुकु पाण्डेले जानकारी गराएका छन् । सबै क्षेत्र वर्ग, समूदाय राजनीतिकर्मीहरूसँग अस्पताल स्थापनाको लागि सुझाव सल्लाह लिइने फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले बताए । त्यस्तै बैठकले अस्पतालको लागि आवश्यक पर्ने जग्गाको खोजी गर्ने निर्णय गरेको अध्यक्ष गुरुङले जानकारी गराए । समाजमा रचनात्मक कार्यक्रम गर्दै आएको शोभिसन, किरण स्मृति फाउण्डेशन रूपन्देहीले गतभदौ १४ गते बुटवलमा तीज कार्यक्रम गरेको थियो । उक्त तीज कार्यक्रमबाट १ लाख ५६ हजार आम्दानी भएको र १ लाख १७ हजार खर्च भएको बैठक मार्फत खर्च र आम्दानी सार्वजनिक गरिएको फाउन्डेशनका कोषाध्यक्ष दीपक कार्कीले जानकारी गराएका छन् ।
रूपन्देहीका हास्यव्य· कलाकार विष्णु जी पाण्डे माईलाबाका दुवै छोरा शोविशन र किरणको एक दिनको फरकमा उपचारको क्रममा निधन भएको थियो । तातो दूधमा परेर गम्भीर घाईते भएका शोविशनको २०७२ चैत २० गते उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो । त्यस्तै ज्वरो र पखालाको अवस्थामा उपचारकै क्रममा शोशिनका भाई किरणको एक दिनको फरकमा २१ गते बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा निधन भएको थियो । शोविशन पाण्डे दुई वर्षका थिए भने किरण पाण्डे सात महिनाका थिए ।