ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

तुलसीपुरमा आधुनिक कृषि उपज बजार बन्दै

१० मंसिर २०७५, सोमबार
१० मंसिर २०७५, सोमबार

तुलसीपुर उप महानगरपालिकाले कृषि बजारलाई व्यवस्थित गर्नका लागि आधुनिक कृषि उपज बजार केन्द्र निर्माण गर्दै छ । कृषक र व्यवसायीहरूलाई एकै ठाउँबाट कृषि उपज बिक्री गर्न मिल्ने गरि तुलसीपुर उप महानगरपालिका वडा नम्वर ६ मा रहेको मावि सेन्टरको जग्गा भाडामा लिएर भवन निर्माण गर्न लागिएको हो ।
२ करोड ६९ लाखको लागतमा निर्माण हुने भवनलाई दुई चरणमा निर्माण गरीने छ । पहिलो चरणमा टहरा, बाटो, लगायतका संरचना निर्माण हुने निर्माण समितिका अध्यक्ष झुपलाल खड्काले जानकारी दिए । उनले पहिलो चरणमा १ करोड १० लाख लागत लाग्ने अनुमान गरीएको बताए । पहिलो चरणको निर्माणको काममा ३० लाख उप महानगरपालिकाले अनुदान दिने र ८० लाख व्यवसायीहरूले उठाएर निर्माण हुने छ । बजार केन्द्र निर्माणको काम सुरु भैसकेको अध्यक्ष खड्काले बताए ।
‘पहिलो चरणको काम चैत्र अगाडि नै सम्पन्न भएर बजार सञ्चालनमा आउने छ, भने त्यसपछि दोस्रो चरणको काम सुरु हुनेछ’ खड्काले भने । खड्काका अनुसार दोस्रो चरणमा शितभण्डार निर्माण लगायतका अन्य कामहरू गर्ने समेत हुने छ । तरकारी र फलफुल व्यापारीका लागि ४० वटा टहरा निर्माण गरिने र विचमा किसानहरूको कृषि उपज विक्रीका लागि ठाउँ राखिने पनि उनले बताए । गत कार्तिक १७ गते कृषि उपज बजार केन्द्रको भवन तुलसीपुर उप महानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शिलन्यास गरेका हुन् । तुलसीपुर बजारमा रहेको सानो तरकारी बजारले माग धान्न नसक्ने भएकोले आधुनिक बजारको आवश्यकता भएको नगर प्रमुख पाण्डेले बताए ।
नगरप्रमुख पाण्डेले आफु उपमेयर हुँदा नै तुलसीपुरको तरकारी वजार निर्माण गरेको र अहिले पनि त्यसलाई थप व्यवस्थित गर्न लागेको जानकारी दिए । समृद्धिको पहिलो शर्त उत्पादन र वितरण भएकाले कृषि उत्पादन वृद्धि गर्न र विक्री वितरणलाई व्यवस्थित गर्नका लागि उप महानगरपालिकाले कृषिमा विशेष योजना निर्माण गरेको पाण्डेको भनाई छ । दक्ष कृषि प्राविधिक उत्पादन गर्नका लागि यसै वर्षबाट कृषि प्राविधिक सञ्चालनका लागि सामुदायिक विद्यालयलाई उप महानगरपालिकाले अनुदान समेत दिएको पाण्डेले वताए । उनले २० वर्ष पछि सबै संरचना विद्यालयलाई दिने गरि बजार केन्द्र निर्माण गर्न लागेको जानकारी दिए । ‘अहिले विद्यालयलाई यो जग्गाको आवश्यकक्ता छैन तर २० वर्षपछि त्यो महसुस भयो भने अर्को ठाउँमा वजार सारिनेछ’ पाण्डेले भने ।
कृषि उपज बजार केन्द्रलाई आधुनिक तथा सुबिधा सम्पन्न बनाउनका लागि बजार केन्द्रमा ल्याव समेत राखिने पाण्डेको योजना छ ।
कृषि उपज बजार केन्द्रको निर्माण पश्चात कृषकहरूलाई पनि आफ्नो उत्पादनको बिक्रीका लागि सहज हुने अपेक्षा गरिएको छ । तुलसीपुर उप महानगरपालीकाका कृषक दोलख बहादुर खत्रीले बजार केन्द्र निर्माणले आफूहरू खुसी भएको बताउँदै किसानले कृषि उपज उचित मुल्यमा बिक्री गर्न पाउनेमा आशावादी रहेको वताए । बजार केन्द्रको अभावमा शहरका घरघरमा तरकारी डुलाउँदै हिँड्नुपर्ने बाध्यता रहेकोमा निर्माण हुन लागेको केन्द्रले अन्त्य गर्ने विश्वास कृषकहरूले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?