© २०२३
लायनेश क्लव अफ बुटवलको आयोजना लियो क्लबको सहकार्यमा बुटवलमा स्वाथ्य सचेतना कार्यक्रम गरिएको छ ।
ग्रान्डी ईन्टरनेशनल हस्पिटल काठमाडौंबाट आएका स्वास्थ्य चिकित्सक तथा डाईजीसियनहरूले कार्यक्रममा सहजीकरण गरेका थिए ।
लयनेश क्लव अफ बुटवलकी अध्यक्ष स्वेता श्रेष्ठका अनुसार कार्यक्रममा डाईवटोलोजी डा. सर्वज्ञध्वज थापा, डा. राकेश कुमार शाह, डा. मिलनप्रकाश श्रेष्ठ र डाईटीसियन शान्ता अस्थानीले अभिमिुखिकरण प्रदान गरेका थिए ।
कार्यक्रममा लायन्स डिष्ट्रीक गर्भनर शुनिल ओझाले सामाजिक क्षेत्रमा लायन्स, लियो लगायतका क्लवहरूको योगदान महत्वपूर्ण रहेको बताउँदै नेपालबाट डाईबेटिज उन्मुलनको लागि सबैले सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा लायन्स क्लब अफ बुटवलका अध्यक्ष शुनिलकृष्ण कसजु, कार्यक्रम संयोजक बेगम श्रेष्ठ लगायतले बोलेका थिए । लायन्स, लियो तथा लायन्स आँखा अस्पतालका कर्मचारी, चिकित्सकहरूको सहभागीता रहेको कार्यक्रममा डा. सर्वज्ञध्वज थापाले डाईबेटिजको विषयमा प्रकाश पारेका थिए भने डा. राकेश कुमार शाहले मोटोपन सम्बन्धी समस्याको विषयमा प्रकाश पारेका थिए ।
यस्तै सिनियर काडोलोजी डा. मिलन प्रकाश श्रेष्ठले विविध विषयमा प्रकाश पारेका हुन् ।