© २०२३
गैडहवा गाउँपालिकाले बिकास निर्माणमा स्थानीयहरूको उल्लेख्य सहभागिता बनाउने उद्देश्यले टोल बिकास संस्था गठन गरेको छ ।
टोल बिकास संस्था गठन संगै उनिहरूको काम, कर्तब्य, अधिकार र संस्था सञ्चालन बिधि सम्बन्धमा संस्थाका पदाधिकारीहरूलाई तालिम दिने कार्यक्रम सम्पन्न गरेको छ ।
टोल बिकास समिति गठन लगत्तै दिएको तालिमले टोल बिकास संस्थाहरू सस्थागत हुने र बिकास निमार्णसँगै गरिवी निवारणमा उल्लेख्य भुमिका निर्वाह गर्ने गैडहवा गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत टेकराज भट्टराईले बताए ।
गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउनको लागि यस क्षेत्रका स्थानियहरूको बिकास निमार्ण सगै बिभिन्न कृयाकलापमा उल्लेख्य सहभागिता आबश्यक पर्ने हुँदा उनिहरूलाई सक्रिय बनाउनको लागि टोल बिकास संस्था गठन गरेको गैडहवा गाँउपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए ।
वडा कार्यालयको मातहतमा रहने गरि गठन गरिएका उक्त टोल बिकास संस्थालाई पहिलो चरणमा गाउँपालिकाले रु. १० हजार प्रत्येक टोल बिकास संस्थाको खातामा बिउपुजीको रूपमा अनुदान दिएको केवटको भनाई रहेको थियो । गैडहवा गाउँपालिका अन्तरगत अहिले ७६ ओटा टोल बिकास सस्था गठन भएका छन् ।
टोल बिकास संस्था गठन संगै स्थानिय सरकारले गर्ने बिकास निमार्ण संगै बिभिन्न क्रियाकलाबमा स्थानियहरूको उल्लेख्य सहभागिता रहने केवटले बताए ।