© २०२३
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले नेपाली काग्रेस भित्र गुट उप गुटको कारण समस्या भएको भन्दै अव देउवाको दिन सकिएको बताएका छन् । उनले अव देउवाको हुकुमी शैलीको दिन गएको भन्दै उक्त शैली नमान्ने बताएका हुन ।
प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री समेत रहेका केसीले सरकारले ९ महिना ब्यर्थैमा बिताएको भन्दै सरकारका गलत गतिबिधिप्रति असन्तुष्टि ब्यक्त गरे ।कांग्रेस केन्द्रिय सदस्य समेत रहेका नेता केसीले कांग्रेस सभापति शेर बहादुर देउवा हुकुमी र निरंकुश बन्न खोजेको र मनपरि निर्णय गरेकोमा आपत्ती जनाए ।केसीले पार्टी संस्थामुखी बनाउनुपर्ने भन्दै उनले ब्याक्तिमुखी निर्णयहरु मान्य नहुने प्रष्ट पारे ।पार्टी पदाधिकारीमा सामुहिक नेतृत्वमा जानुपर्ने भन्दै उनले ब्याक्तिमुखी हुदा नेविसंघ पनि संस्थागत हुन नसकेको दाबि गरे ।
कांग्रेसको नेतृत्व अहिले समकालिन साथीहरुको बिचमा रहेको भन्दै उनले सबै मिलेर अघि बढ्नुपर्ने बताए ।पार्टी संस्थागत संरचनाको नया युगमा प्रबेश गरेको भन्दै नेता केसीले पार्टीले यो पटक हार ब्यहोर्दैमा उस्को इतिहास,आदर्श,योगदान नसकिने बताए ।
बर्तमान सरकार लोकतन्त्रको जामा पहिरेर निरंकुशताको बाटोमा गएको दाबि गरेका छन् । उनले अहिलेको सरकारका ९ महिना हेर्दा सबै तिर असफल भएको भन्दै उनले केपी ओलीले गफ मात्रै गर्ने गरेको आरोप लगाए । जनहित बिपरित सरकार हिडेको भन्दै उनले चुनावमा बांडेको झुटको पोकाबाट अहिलेको सरकार आफै थिचीने दाबि गरे ।