© २०२३
सरकारी सेवामा रहेर उदाहरणीय काम गरेका मध्ये उत्कृष्ट ५ मा पर्न सफल सुर्खेतका धुव्रराज आचार्यलार्य जिताउनको लागि आग्रह गरिएको छ ।
ईन्ट्रीग्रटी आईडल–२०१८ ले उत्कृष्ठ ५ घोषणा गरी अहिले अनलाईन र एसएमएस मार्फत भोटिङ्ग खुल्ला गरेको छ । कैलाली टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका आचार्य यस अन्य ५ जना संगै यो प्रतिष्पर्धामा रहेका छन् । आचार्यले ईन्ट्रीग्रटी आईडल–२०१८आफ्नो अमुल्य भोट गरिदिन समेत आग्रह गरेका छन् । उनलाई भोट गर्न आफ्नो मोबाईलको म्यासेज बक्समा गई अग्रजेजी अंक्षरमा IIN टाईप गरि एक स्पेस दिएर २ टाईप गरि ३००१ मा पठाउन सकिने छ । उनलाई www.integrityidol.org लग अन गरेर पनि भोट गर्न सकिन्छ । भोटिङ २०७५ मंसिर ४ गते साँझबाट सुरु भैएको छ भने मंसिर १७ गते राती १२ः०० बजेसम्म भोट गर्न सकिने छ ।
आचार्य २०५९ सालमा निजामति सेवामा प्रवेश गरी हालसम्म १६ वर्षको समय अवधिमा देशका विभिन्न जिल्लामा रहेर विभिन्न पदबाट सेवा प्रदान गरेका छन् । तत्कालिन समयमा जनप्रतिनिधि नहुँदा गाविस सचिवको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका आचार्य वि.सं २०६३ मा नेपाल सरकारको अधिकृत भएसँगै बाँकेको नेपालगञ्जमा सहकारी कार्यालयमा सेवारत रहेका छन् । à