© २०२३
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले कम्युनिष्ट सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाउँदै कम्युनिष्ट नामको अधिनायकवाद खतम गर्न अन्तिम लडाइँ लड्ने अवस्था आएको बताए ।
नेपाली कांग्रेस महासमिति बैठकको सन्दर्भमा राजनैतिक प्रस्ताव मस्यौदा, सुझाव संकलनको लागी भैरहवामा आयोजित प्रदेश स्तरिय कार्यशाला गोष्ठिमा देउवाले आफ्ना कार्यकर्ताहरूलाई नेकपाको बिरोध गर्न निर्देशन समेत दिए । “उनिहरूकै नेताहरूले बिरोध गर्न थाले हामीले किन नगर्ने” देउवाले भने ।
सभापति देउवाले अहिलेको सरकार कर मात्र बढाउन उद्धृत भएको हुँदा प्रधानमन्त्रीको नाम केपी शर्मा ओली नभई कर प्रसाद शर्मा ओली हुने जिकिर समेत गरे । उनले सरकारले निर्मला हत्याकाण्डका आरोपीहरूलाई बचाउन खोजेको आरोप समेत लगाए ।
उनले अहिले कांग्रेसका हार आफ्नै अन्र्तद्धन्द्धको कारण भएको बताए । “उनीहरू २ पार्टी १ भएर लडे, हामी १ पार्टी भएर पनि २ जस्तै भएर लडेको कारण हाम्रो हार भएको हो ।” देउवाले भने । यसै गरि कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पार्टीका संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले अब नेकपा भन्ने पार्टी खतम भएर जाने दावी गरे । उनले अहिले सम्म राणा देखी राजा सम्मले लोकतन्त्र र कांग्रेसको बिरोध गरेकोले सकिएर गएको बताउदै अब पालो नेकपाको रहेको समेत दावी गरे ।
नेपाली काग्रेसले मंसिर अन्तिम साता काठमाण्डौमा हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनैतिक प्रस्ताव तयार गर्न काग्रेसले सुरु गरेको प्रदेशस्तरीय सुझाव संकलन मंसिर ७ गते सकिदै छ । भैरहवामा भएको प्रदेश नम्वर ५ को प्रदेशस्तरीय सुझाव संकलन अन्तिम रहेको केन्द्रिय सदस्य भिष्मराज आगंदाबेले जनाए ।
सुझाव संकलनमा प्रदेश नम्बर ५ का पार्टी केन्द्रिय सदस्यहरू, आमन्त्रीत केन्द्रिय सदस्यहरू, पार्टी जिल्ला सभापतिहरू, प्रतिनिधि सभाका सदस्यहरू, राष्ट्रिय सभाका सदस्यहरू, प्रदेश सभाका सदस्यहरू, महासमिति सदस्यहरू, क्षेत्रीय सभापतिहरू, भातृ संघ एवं शुभेच्छुक सस्थाका प्रदेश स्तरीय सभापति वा अध्यक्षहरू, निर्वाचित नगर प्रमुखहरू, उपप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्ष उपााध्यक्षहरू सहभागि भएका छन । केन्द्रले प्रदेश ५ मा संयोजकका रूपमा केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई संयोजक तोकेको थियो । कार्यक्रममा ३ सय ५० बढी कांग्रेस कार्यकर्ताहरू सहभागी भएको नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले जनाए ।à