© २०२३
नवलपरासीको जिल्लाको सुनवल १३ सूर्य बस्ती नजीकै राजमार्गमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ ।
४० जना घाईते भएका छन् । महेन्द्र नगरबाट काँकडबित्ता हिँडेको ना ५ ख १०९६ नम्बरको बस एकाएक अनियन्त्रित भई सडकको बाया साईडमा पल्टेको थियो । तिब्र गतीमा कुदेको बस एकाएक सडक किनारमा पल्टीएको जिल्ला प्रहरी कार्यालय सुस्ता पूर्वले जनाएको छ ।
मृत्यु हुनेमा कन्चनपुर भिमदत्त नगरपालिका १० घर भई नेपाली सेनाको रणबहादुर गण घाईघाट उदयपुरमा कारेरत लोकेन्द्र कार्की बर्दिया ठाकुरबाबा नगरपालिका ८ बस्ने राम बहादुर साहको मृत्यु भएको हो ।
घाईतेहरूको पृथ्बी चन्द्र अस्पताल नबलपरासीमा उपचार भैरहेको केही घाईते डिस्चार्ज भैरहेको चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।
यता रूपन्देहीको सैनामैना नगरपालीका सोरौली भन्ने ठाउँमा कार र मोटरसाईकल एक आपसमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका बा १८ च ८०१६ नम्बरको हाइलेक्स कार आपसमा ठोक्किँदा सैनामैना बस्ने खेमराज सुनार र बुटबल उपमहानगरपालीका ८ बस्ने तिल बहादुर सुनारको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको ट्राफीक प्रहरी कार्यालय प्रदेश नम्बर ५ बुटवलले जनाएको छ ।