© २०२३
विश्व मत्स्य दिवस नेपालभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रत्येक बर्ष अंग्रेजी महिनाको नोभेम्बर २१ तारिखका दिनमा विश्वभर विश्व मत्स्य दिवस मनाउँदै आइएको हो । सोही अनुसार रूपन्देहीमा पनि विभिन्न १५ वटा संघ संस्थाको संयुक्त आयोजनामा मत्स्य सम्बन्धी ¥याली सहित सियारी गाउँपालिका वडा नम्बर–५ अमुवा पुल (तिनाउनदी) मा माछाको भुरा छोडीएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक सहायक सुवोधराज भट्टराईका अनुसार रूपन्देहीका २ वटा स्थानबाट किसानहरूले माछा सम्बन्धी विभिन्न जनचेतनामुलक प्ले कार्ड, व्यानर सहितको ¥याली आयोजना गरेका थिए । तिलोत्तमा नगरपालिका –१३ मा रहेको मण्डल मत्स्य ह्याचरी पत्थरडाँडा र जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि. सियारी गा.पा.–५, बनघुसरीबाट सुरु भएको ¥याली तिनाउ नदि (अमुवापुल) परिषरमा पुगेर माछाका भुरा नदिमा छोडीएको हो ।
नेपाल मत्स्य व्यवसायी संघ, जिल्ला कार्य समिति, रूपन्देही, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मत्स्य जोन, रूपन्देही, . शुद्ध मत्स्य नश्ल संरक्षण तथा प्रबर्धन श्रोत केन्द्र, ठुठीपिपल भैरहवा, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा कृषि क्याम्पस, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. ५ को आयोजना रहेको थियो ।
यस्तै सियारी गाउँपालिका, जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि.,. भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रूपन्देही, श्रीनगर एग्रो प्रा.लि.,सौ. फर्साटिकर, शान्ति मत्स्य ह्याचरी फार्म, मण्डल मत्स्य ह्याचरी, देउराली जनता प्राविधिक शिक्षालय, लुम्बिनी मत्स्य ह्याचरी, जनता मा.वि.पश्चिम अमवा र कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ रूपन्देहीको संयुक्त आयोजना रहेको थियो ।
तिनाउ नदिमा माछा छाड्ने कार्यक्रममा सियारी गाउँपालिकाका प्रमुख अयोद्धा प्रसाद थारु लगायतका विभिन्न व्यक्तिहरूको सहभागीता रहेको थियो । खोलामा माछा लोप हुन नदिनको लागि संयुक्त रूपमा माछा छोडीएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका मत्स्य जोनका मत्स्य विकास अधिकृत रमेश जैसवालले जानकारी दिए ।à