© २०२३
बुटवल,७ फागुन । अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित पुरस्कृत र निशुल्क छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयले माघ महिनामा लिएको दोस्रो त्रैमासिक परीक्षाको नतिजामा उत्कृष्ट अंक ल्याउने ६३ जना विद्यार्थीलाई नगद तथा तीन महिनाको मासिक शुल्कमा छुट सहित पुरस्कृत गरेको हो ।
कक्षा ११ र १२ मा अध्ययनरत दोस्रो त्रैमासिक परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६५ जि पि ए ल्याउने १७ जना विद्यार्थीहरुलाई नगद र १० हजार तथा ३ महिनाको मासिक शुल्क छुट साथै ३ दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने ४६ जना परीक्षार्थीहरुलाई नगद तीन हजार र ३ महिनाको मासिक शुल्कमा छुटसहित सम्मान तथा पुरस्कृत गरेको हो । अभिभावकहरूको उल्लेख्य उपस्थितिमा परीक्षाफल सार्वजनिक कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई थप प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको प्राचार्य दिनेश भुसालले जानकारी गराए । उनले आगामी दिनमा पनि विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गर्दै जाने बताए । विद्यालयको यस्तो सम्मानले जेहेन्दार विद्यार्थीहरु लाभान्वित हुंदै आएको उनले बताए ।
माघ महिनाको २६ गते भएको वेब डिजाइनिङ, डेभलपमेन्ट एण्ड प्रिजेन्टेसन कम्पिटिसन प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरी कक्षा १२ मा अध्ययनरत अर्पणको समूह प्रथम , सविनको समूह द्धितीय र आशिषको समूह तृतीय भएका छन् भने कक्षा ११ तर्फ विकल्प खत्रीको समूह प्रथम,अङ्कितको समूह र रोजनको समूह द्धितीय र अनुपको समूह तृतीय भएका थिए । उक्त कार्यक्रममा प्रथम , द्वितीय तथा तृतीय हुने विद्यार्थीहरुलाइ नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०७९ मा सहभागी भइ बुटवल उपमहानगरपालिकामा उत्कृष्ट खेल प्रर्दशन गर्न सफल भएकोमा विभिन्न विधाका खेलाडीलाई पनि सम्मान गरिएको प्राध्यापक सुमन भुसालले जानकारी दिए ।
सो अवसरमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारी,सञ्चालक समिति सदस्य ललितप्रसाद खरेल, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी, ,अध्यक्ष अजित खनाल, प्राध्यापक सुमन भुसाल, नारायण सापकोटा लगायतले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेका शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए । कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरेका शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।