© २०२३
कपिलवस्तुको बाणगंगा नगरपालिकाको जितपुरमा नेपालको चौथो बगलामुखी मुर्तिको मन्दीरमा प्राण प्रतिष्ठा गरिएको छ । तन्त्रअनुसार दश महाबिद्यामध्य बगलामुखी पनि एक रहेको छ ।
जितपुर टोल बिकास समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले जितपुरको बिकासका लागी टोल बिकास समितिले गरेको काम प्रंशसा गर्दै सो क्षेत्रलाई बनबाटिकाको रूपमा बिकास गरी पर्यटकीय क्षेत्र बनाउने बताए ।
बनबाटिकाका रूपमा पर्यटकीय क्षेत्रका रूपमा बिकास गरी आर्थिक रूपमा फाइदा मिल्नुका साथै यहाँँको बिकासका लागी सहयोग पुग्ने समेत उनले बताए । सो अवसरमा बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, वडा नः १ की अध्यक्ष बाल कुमारी अधिकारी, मन्दीर निमार्ण समितिका अध्यक्ष प्रेम बहादुर बिक, जितपुर टोल बिकास समितिका अध्यक्ष मदन ढुङ्गगाना, पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । सो अवसरमा मन्दीर संरक्षणको लागी तारबार गरिने प्रतिबद्धता मेयर, उपमेयर र वडा अध्यक्षले गरेका छन ।
स्थानियको सहयोगमा निर्मित मन्दीरलाई सहयोग गर्ने करिव यस क्षेत्रका ५० बढिलाई सो अवसरमा कदर पत्र र राम न्वामी ओडाएर सम्मान गरिएको थियो । पाच हजार बढि रकम वा जिन्सी दिएर सहयोग गर्नेको नाम शिलालखेमा लेखीने जितपुर टोल बिकास समितिका उपाध्यक्ष कृष्ण प्रसाद चालिसेलाई जानकारी दिए ।
साथै मन्दीर निर्माण समितिका उपाध्यक्ष मन कुमारी खाँण, सचिव गणेश बेल्बासे, कोषाध्यक्ष बिमला मल्ल, सदस्यहरू जानुुका राना, नेत्र बहादुर सेन, सिता आचार्य, तुल्सीराम पौडेल, गोमा विसि, बिष्णु बोटे, बलिमद्र कडेललाई समेत मन्दीर निमार्णमा गरेको सहयोगका लागी भन्दै सहयोग गरीएको युवा समाजसेवि राज कुमार खाणले बताए ।