© २०२३
काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणको तयारीका बारेमा छलफल सुरू गरेका छन्।
मंशिर १७ वाट सुरू हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल सुरू गरेका हुन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार जारी छलफलमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग चीन भ्रमणका विषयमा छलफल भइरहेकाे छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छ ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाँदैछन् ।