© २०२३
अनलाईन सपिङले व्यवसायिक रूप लिइरहेको बेला बुटवलमा अनलाईन सपिङ पसल संचालनमा आएको छ । बुधवार घटस्थापनाको अवसरमा पसलको शुभारम्भ गरिएको छ ।
बुटवल उपमहानगरपालिका –६ ज्योति पथमा ‘द लेबल क्लासी’ अनलाईन तथा रिटेल सपिङ पसल संचालन भएको छ । बुटवल उपमहानगरपालिका वडा–६ का वडाध्यक्ष जगदिश आचार्यले एक कार्यक्रमको बीच पसलको उद्घाटन गर्दे प्रविधिको प्रयोग गरी व्यापार व्यवसाय संचालन समयको माग भएको बताए । पसलका संचालक गुणदेव कुंवरले अनलाईन व्यवसायको भविष्य उज्ज्वल भएको बताउँदै यसमा लगानी बढीरहेको बताए ।
क्लासीमा क्लोथ, फूडवेयरको सामान उपलव्ध छ । बच्चादेखि बृद्ध सम्मका मानिसहरूको लागि अन्तराष्ट्रिय ब्राण्डेड कम्पनीबाट उत्पादीत कपडाहरू उक्त पसलमा राखिएको छ । ‘व्राण्डलाई निकै ध्यान दिएका छौं ।’ प्रबन्धक विशाल कुंवरले भने– ग्राहकले इन्टनेटबाट कुनै पनि ब्राण्डको कपडा खरिद गर्न सक्छन ।’ ग्राहकले अनलाईनमा व्राण्ड हेरेर शो रूपमै आएर सामान लैजान सक्नेछन ।
सूचना प्रविधिको प्रयोग गरी व्यवसायिक क्षेत्रमा बुटवलमा अनलाईन सपिङको शुरुवात भएको छ । यसले अनलाईन व्यापारमा टेवा पुग्ने व्यवसायीहरूले अपेक्षा लिएका छन् ।