© २०२३
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ प्रदेश नं ५ को अधिवेशन मंसीरमा हुने भएको छ । महासंघको प्रदेश समितिको बुटवलमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।
केन्द्रीय समितिको निर्णय अनुसार प्रदेश नं ५ का जिल्ला शाखाहरूको अधिवेशन मड्सीर १५ भित्र सम्पन्न गर्न निर्देशित एवं समन्वय गर्ने, प्रदेश नं ५ को प्रथम अधिवेशन जिल्ला शाखा रूपन्देहीको ब्यवस्थापनमा मङ्सीर २९ मा बुटवलमा सम्पन्न गर्ने निर्णय, नजिकिँदै गरेको बिजया दशमी, दिपावली, नेपाल संबत र छठ को उपलक्षमा सम्पूर्णमा हार्दिक सुभकामना ब्यक्त गर्ने र आगामी केन्द्रीय महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न निर्णय गरिएको बताइएको छ ।
बैठकमा महासंघका केन्द्रीय अध्यक्ष हरि प्रसाद अर्याल, प्रदेश संयोजक दिवाकर घिमिरे लगायतले धारणा राखेका थिए । अधिवेशनमा प्रदेश ५ का १२ जिल्लाका प्रतिनिधी र पर्यवेक्षक गरी २ सय भन्दा बढीको सहभागीता रहने जनाइएको छ ।