© २०२३
जिल्लाको सुनवल नगरपालिकामा पहिलो पटक प्रसूति गृह (बर्थि· सेन्टर) सञ्चालनमा आएको छ । सिजेरियन सेक्सन (अप्रेसनद्धारा गरिने प्रसुती) सि.एस. बाहेक सबै सुविधा पाउने गरि प्रसुतिगृह सञ्चालनमा आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र नगरपालिका स्वास्थ्य शाखाको सक्रियतामा नमुना प्रसुतिगृहको ५ नं. प्रदेश सरकारका प्रवतmा समेत रहेका भौतिक पुर्वाधार मन्त्रि बैजनाथ चौधरीले एक कार्यक्रम विच औपचारिक उदघाटन गरे पछि सञ्चालनमा आएको हो । दुई जना दक्ष प्रसुतिकर्मी स्टाफ नर्स सहित ६ जना नर्सिगँ स्टाफ सो बर्थिगँ सेन्टरमा औविसै घण्टा सेवा प्रदान गर्ने गरि प्रसुतिगृह सञ्चालनमा ल्याइएको नगरपालिकाका मेयर भिम बहादुर थापा(भरत)ले जानकारी गराए । प्रसुतिगृहको अभावमा नगरक्षेत्रमा महिलाहरू बुटवल,भैरहवा,परासी र नारायणघाट जानु पर्ने बाध्यता थियो, उनले भने, यो प्रसुतिगृह सञ्चालन गरेर गर्भवती महिलाको त्यो समस्या समाधान गरिएको हो ।
प्रसुतिगृहमा बर्थि· कक्ष,नर्सि· स्टाफ कक्ष र दर्ता तथा प्रतिक्षा कक्ष सहितको भवनमा सुविधासम्पन्न प्रसुतिगृह सञ्चालन गरि नगरपालिकाले प्रशंसनिय कार्य गरेको मन्त्रि चौधरीले बताएका थिए । प्रसुतिगृहलाई अझ ब्यवस्थित र आधुनिक सुविधाका लागि प्रदेश सरकारले समेत सघाउने उनले प्रतिवद्धता ब्यतm गरेका थिए । प्रसुतिगृहमा प्रसुति गराउन आउने महिलालाई सबै उपचार खर्च र एम्बुलेन्स सेवा पनि निशुल्क रहेको थापाले बताए । उनले बसै वार्ड अध्यक्ष र वार्डका महिला स्वास्थ्य स्वम्सेविकालाई घरदैलो गरि कस्को घरमा गर्भवती महिला छन्,त्यसको पहिचान गर्न,चार पटक गर्भ परिक्षण गराउन लगाउने र सबै गर्भवती महिलालाई प्रसुतिगृहमा पुर्याएर मात्र प्रसुति गराउन लगाउने कार्यमा खटिन उनले निर्देशन समेत दिए । नगरपालिका क्षेत्रका कुनै पनि गर्भवती महिला घरमै प्रसुति नहोउन,उनले आग्रह पनि गरे, त्यस प्रति चनाखो हुन पर्यो ।
नेपालमै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको सुनवल नगरपालिका हो,त्यसका कारण सुरक्षित प्रसुतिसंगै शिशु र बालकको सुरक्षा पनि जोडिएको हुदा त्यसलाई निरन्तरताका लागि पनि नगरपालिकाम प्रसुतिगृह आवश्यक थियो । अब गर्भवती महिलाले पाउने सेवा यसले पुरा गर्छ,बाकी जनताका लागि १५ सैयाको अस्पतालको निर्माणका लागि पनि पहल भई रहेको मेयर थापाले जनाए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदै शिक्षा क्षेत्रमा पनि परिवर्तन गर्दै लैजाने नगरपालिकाको पहिलो प्राथमिकता रहेको उनले बताएका थिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अरूण कुमार महतोले अस्पताल वा मेडिकल कलेज भन्दा कम गुणस्तरको सेवा यो प्रसुति गृहमा छैन्,त्यसबारे उनले गाउ टोलमा जानकारी गराउनु पर्ने बताए । सि.एस. बाहेक गर्भवती महिलाका लागि चाहिने हरेक सेवा दिन सक्ने नर्सिगँ स्टाफ प्रसुतिगृहमा प्रयाप्त छन् । सि.एस.गर्न पर्ने खालको अवस्थाका गर्भवती महिलालाई नजिकै ९ किलोमिटर दुरीमा रहेको पृथ्वी चन्द अस्पतालमा सो सेवा उपलब्ध छ,त्यहा पठाउन सकिन्छ । त्यो भएर यो प्रसुति सेवा ढिलो भए पनि आधुनिक प्रविधि सहितको छ, गुणस्तरीय छ । उनले नगरपालिकालाई आग्रह पनि गरे,यदि नगरपालिकाले यो प्रसुतिगृहमा एउटा भिडियो एक्सरे राखेर सञ्चालन गर्न सकेमा प्रसुतिगृहमा आउने गर्भवती महिलालाई सि.एस. गर्न आवश्क छ,वा छैन् तत्कालै थाहा हुन्छ ।