© २०२३
स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिहरू सवारी साधन मोहमा फसेको भन्ने जन गुनासो धेरैनै बढेको पाईन्छ । मानिसको जिवनमा अति आबश्यक एम्बुलेन्स, दमकल जस्ता सवारी साधन किन्न भन्दा आफ्नो सुखको लागि महंगा सवारी साधन किन्नमा बढी ध्यान गएको पनि देखिन्छ । तर गैडहवा गाँउपालिकाले अन्य सवारी साधन संगै एम्बुलेन्स किनेर एउटा उदाहरणीय काम गरेको छ । मंगलबार एक कार्यक्रमका बिच उक्त एम्बुलेन्स सञ्चालनमा ल्याईएको छ । कार्यक्रममा बोल्दै गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट आफु निर्वाचित भए सँगै एम्बुलेन्स किन्ने योजना अनुरूप आ.व. ०७३/०७४को बजेट अन्तरगत रु १० लाख ८३ हजारमा उक्त एम्बुलेन्स खरिद गरिएको बताए ।
रूपन्देही जिल्ला अन्तरगत गैडहवा गाउँपालिका सुगम क्षेत्रमा परेपनि यहाँका स्थानियहरू बिरामी भएमा समयमा अस्पताल पुग्न नसक्ने यदि जानै परे पनि अस्पताल पुग्न महङ्गो सवारी साधन भाडामा लिएर हिड्न पर्ने बाध्यतालाई एम्बुलेन्स सञ्चालन पनि सहज बनाउने केवटले बताए ।
उक्त एम्बुलेन्स गैडहवा वडा नं. ३ मा रहेको कर्महवा स्वास्थ्य चौकीलाई आज हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले कर्महवा स्वास्थ्य चौकी ब्यवस्थापन समिति अध्यक्ष राम अजोर यादवलाई गाडीको चाबी र बिलबुक हस्तान्तरण गरेका छन् ।
कर्महवा स्वास्थ्य चौकी ब्यवस्थापन समिति अध्यक्ष राम अजोर यादव, गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवटको उपस्थितीमा सम्पन्न कार्यक्रममा कपिलदेव पाण्डे, दुर्गा प्रसाद आचार्य, इबाहिम खाँ, वडा नं. ५ का वडा अध्यक्ष कृष्ण शंकर गुप्ता, वास सहजकर्ता बिमला रेग्मी र गैडहवा गाउँपालिका स्वास्थ्य संयोजक बिष्णु शर्मा लगायतले बोलेका थिए ।