© २०२३
बिपद जोखिम न्यूनिकरण क्षेत्रमा समेत काम गरिरहेको नमूना एकिकृत विकास परिषदले विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर रूपन्देहीका ५ वटा स्थानीय तहलाई बिपद ब्यवस्थापन सामग्री बितरण गरेको छ ।भैरहवामा एक कार्यक्रमको आयोजना गरि रूपन्देहीको ओम सतिया गाउँपालिका, सियारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकालाई बिपद ब्यवस्थापन सम्बन्धि सामग्री प्रदान गरिएको हो । खोज तथा उद्दार सामग्री, बिपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकुलन सिकाई केन्द्र तथा आपतकालीन कार्य सञ्चालन केन्द्रको लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको नमूनाकी अध्यक्ष ज्ञानु पौडेलले बताईन ।
बिपदमा परेको समय काम लागोस भनि ५ वटा स्थानिय तहलाई १६ लाख ७२ हजार ७ सय ४० रूपैयाँ बरावरको सामाग्री प्रदान गरिएको पौडेलले बताईन । यी सामग्रीहरू स्थानिय तहले बिपद ब्यवस्थापन समिति मातहत संकटासन्न समुदायलाई आकस्मिक प्रतिकार्यका लागी प्रयोगमा ल्याउने सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी ले विपद् न्यूनीकरणका लागि प्रदेशका १ सय ९ वटा स्थानीय तहमा फ्रेमवर्क बनाएर अगाडि बढनुपर्ने आवश्यकता औंल्याए । उनले सबै स्थानीय तहमा हाइ एलर्ट भएर अघि बढनुपर्नेमा जोड दिए । मन्त्री केसीले विपद् आउनु स्वभाविक प्रक्रिया रहेकोले जोखिम क्षेत्रको घोषणा गरेर अगाडी बढनुपर्ने बताए । उनले विपद् व्यवस्थापनको लागि स्थानीय तहले कोष कसरी परिचालन गर्ने भन्नेमा गम्भिर भएर लाग्न आह्वान गरे ।
बितरण कार्यक्रममा बिपद ब्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, ओम सतिया गाउपालिकाका अध्यक्ष हिरा केवट, सम्मरीमाई गाउपालिकाका अध्यक्ष जितेन्द्र नाथ शुक्ल (बब्लु), सियारी गाउँपालिका अध्यक्ष अयोध्या चौधरी, शुद्धोधन गाउपालिका अध्यक्ष किशुनचन्द चौधरी लगायतको उपस्थिति थियो ।