© २०२३
रोटरी सचिवालमा शनिवार बसेको रोटरी क्लब अफ बुटवलको १२३० औं नियमित बैठकमा सामाजिक सेवाको विषयमा छलफल भयो ।
बैठकमा सामाजिक अभियान्ता इन्दिरा राना मगरले सामाजिक क्षेत्रमा काम गर्दा आफूले भोगेका अनुभव बताएकी थिईन । राना मगर काठमाडौ नयाँ बजारवासी हुन् । उनले विश्व वाल पुरस्कार समेत प्राप्त गरिसकेकी छन । राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारहरूबाट विभूषित उनि अनाथ बालवालिकाको क्षेत्रमा काम गर्दे आएकी छन् । बैठकमा आमोद सिंमागैडा र कृष्ण प्रसाद अर्यालले जिज्ञासा राखेका थिए । बैठकमा क्लबमा अध्यक्ष नारायण प्रसाद पन्थले सामाजिक अभियान्ता राना प्रेरणाको श्रोत भएको बताए । क्लवका सहसचिव रोम शर्माले सामाजिक अभियान्ता मगरको वायोग्राफि प्रस्तुत गर्दे सामाजिक क्षेत्रको सेवा सबैभन्दा राम्रो सेवा भएको बताए । विरामी भई अहिले स्वाथ्यलाभ गरिरहेकी वर्षा पाण्डेलाई २५ हजार रूपैयाँ सहयोग प्रदान गरिएको थियो । सो अवसरमा आमोद सिंमंगैडा,विध्याकेशर जोशी, विश्व किरण घिमिरेको सुखद क्षणको सेलिव्रेसन गरिएको थियो ।