© २०२३
प्रेम खरेल अध्यक्ष,
विकास बहुउद्देश्यीय सहकारी संस्था लि. रूपन्देही
रूपन्देहीका सहकारीहरूमध्ये विकास बहुउद्देश्यीय सहकारी संस्था, पुरानो मध्ये एक हो । जसको नेतृत्व प्रेम खरेलले गरिरहेका छन् । सहकारीमा ३८ करोड रूपैयाँ निक्षेप संकलन छ भने लगानी ४२ करोड ५५ लाख पुगेको छ । स्थापनाको २५ बर्ष पुगेको अवसरमा सहकारीले रजतबर्ष जयन्ती बिभिन्न कार्यक्रम गरि मनाइरहेको छ । प्रस्तुत छ, यसै सन्दर्भलाई लिएर बुटवले टुडे दैनिकले अध्यक्ष खरेल सँग गरेको कुराकानीको सारसंक्षेप ।
विकास सहकारी २५ औं वर्षमा प्रवेश गरेको छ । रजत जयन्ती कसरी मनाउँदै हुनुहुन्छ ?
हामीले यो संस्थाको स्थापना २०४९ साल मंसिर १ गते गरियो । तर यसको विधिवत दर्ता भने २०५० साल चैत ९ गते भयो । त्यही मितिले २५ वर्ष पुगेका कारण हामीले रजत महोत्सव मनाउन खोजेको हो ।
संस्था स्थापनाको २५ वर्षमा के–के उपलब्धि हासिल गर्नु भयो ?
–ठोस ढंगले प्रगति गर्ने खालको र मुुलुकको आर्थिक विकासमा केही संकेत दिने खालको काम त खासै केही गर्न सकिएको छैन । एउटा जमर्को हामीले के गरेका थियौं भने “कोशेली घर” भनेर दैनिक उपभोग्य वस्तुहरू राखेका थियौं । यसलाई हामीले लामो समयसम्म चलाउन भने सकेनौं । यो घाटामा गयो । यसको कारण के थियो भने उदाहरणको लागि बजारमा गएर चिनी किन्न प¥यो भने नेशनल ट्रेडिङले ४९ रूपैयाँ प्रतिकिलो भन्ने तर हामीले खरीद गर्नुपथ्र्यो ७० रूपैयाँमा । यसलाई उपभोक्तामाझ बिक्री गर्दा ७२ रूपैयाँ पथ्र्यो । ४९ रूपैयाँदेखि ७० रूपैयाँसम्मको खास लाभ व्यापारीहरूले लिए । यसमा हामी नै फस्ने अवस्था रह्यो । हामी यसको समाधानका लागि जिल्ला प्रशासनमा पनि पुग्यौं । तर बजारको अवस्था यस्तै छ भन्ने जवाफ पाइयो । प्रभावकारी काम हुन नसकेपछि हामीले कोशेली घर बन्द गर्नुपर्ने अवस्था आयो । अर्को कुरा उत्पादनशील वस्तुमा मान्छेले लगानी गरुन भन्ने उद्देश्यले हामीले कृषि क्रृणमा एक प्रतिशत कममा लगानी गर्ने गरेका छौं । त्यसरी क्रृण लिएका दुई जना किसानले पशुपालन गरेका छन् । उनीहरूको व्यवसाय सन्तोषजनक छ ।
सहकारीले कुन कुन क्षेत्रमा लगानी गरेको छ ?
–हामीले कृषि क्षेत्रका साथसाथै यातायातका साधनमा पनि लगानी गरेका छौं । केही रकम क्रसरमा पनि लगानी गरेको अवस्था छ । व्यापार व्यवसायमा पनि लगानी गरिएको छ । विविध ठाउँमा लगानी भएको छ । अस्वाभाविक रूपले बढेको जग्गाको मूल्य र व्यापारीहरूको संख्या बढ्दै गएकाले लगानीको दायरा पनि फराकिलो हुँदै गएको छ ।
सहकारीले अहिले भोगिरहेका समस्या के के हुन् ?
–एउटा अन्डर बिलिङको समस्या हो । यो हामीले कोशेली घर सञ्चालनको क्रममा पनि भोग्यौं । अण्डर बिलिङलाई व्यवहारिक रूपमा हल नगर्ने हो भने नियमत चल्ने संस्था र व्यवशायी टिक्न गाहे छ । अर्को भनेको स्थानीय तह र प्रदेश सरकारले कर लिने गरेका छन् । यसरी हेर्दा दोहोरो करको मारमा हामी परेका छौं ।
सहकारी क्षेत्रले भागेका नीतिगत समस्या के के हुन् ?
–नीतिगत रूपमा समेटन नसक्दा सहकारी क्षेत्रले समस्या भोगिरहेका छन् । यद्यपि केन्द्र सरकारले ऐन जारी गरेपनि नियमावली ल्याउन नसक्दा ऐनले व्यवस्था गरेका प्राबधानहरू लागु हुन सकिरहेको छैन । प्रदेश सहकारी ऐनको पनि तयारी भइरहेको सुनेको छु त्यसमा सहकारीका समस्यालाई सम्बोधन हुन जरुरी छ । सहकारी क्षेत्रले लगानी गर्ने अनि असुली गर्ने र त्यसैको ब्याज खाने गरी ९९ प्रतिशत सहकारी चलिरहेका छन् । सहकारीले यसबाहेक अरू आर्थिक गतिविधि पनि बढाउनमा प्रोत्साहन गर्ने, उद्योग, व्यवशायमा सहभागी हुने नीति आउन सके सहकारी सरकारको एक खम्बाको रूपमा स्थापित हुन्छ भन्ने लाग्छ ।
सरकारको तीन खम्बे अर्थनीतिको योजनालाई तपाईको सहकारीले कत्तिको सहयोग पु¥याएको छ ?
–सरकारको यो अवधारणा एकदमै सही छ । सहकारी क्षेत्रलाई पाखा राखेर सरकार अगाडि बढ्न सक्दैन । त्यो हिसावले सहकारी क्षेत्रलाई पनि तीनखम्बे अर्थनीतिमा समेटिएको हो । तर पनि नीति निर्माताहरूले कमसेकम हाम्रा समस्याहरूका बारेमा सहकारी क्षेत्रकै विज्ञहरूलाई समेत राखेर योजना बनाए राम्रो हुन्थ्यो । तर विज्ञ नराखीकनै नीति नियम बनाउँदा समस्या देखिएको छ । लगानीको सुरक्षा सरकारले गरिदिने हो भने हाईड्रोपावर लगायत अन्य क्षेत्रमा पनि सहकारीले लगानी गर्न सक्छन् ।
विकास सहकारीको लगानी र निक्षेपको अनुपात कस्तो छ ?
हाम्रो सहकारीमा ३८ करोड रूपैयाँ निक्षेप संकलन भएको छ । हाम्रो लगानी ४२ करोड ५५ लाख जति छ । शेयर पुँजी ३ करोड ६६ लाख रहेको छ ।
सहकारीको आगामी योजना के छ ?
–साधारणसभा आएका कारण सदस्यहरूबाट केही नयाँ योजनाहरू प्रस्तुत हुने आशा हामीले गरेका छौं । हामीले प्रभावकारी र समाजलाई गति दिने खालको नयाँ कुराको अवधारणा अनुसार एकपटक हाउजिङको अवधारणा ल्याएका थियौं । सहकारीले जमिन किन्न पाउँछ तर बेच्न पाउँदैन भन्ने समस्या पहिले थियो । अहिले यसलाई फुकाइएको छ । हामीले यस विषयमा पनि छलफल गरिरहेका छौं ।
अन्त्यमा ?
सहकारीमा सदस्य बनेर मात्रै हुँदैन । त्यसमा पनि ८–१० वटा सहकारीमा सदस्य बन्ने परिपाटी छ । धेरै सहकारीमा छु भनेर आफूले गर्व गर्नुभन्दा पनि आफू नबिग्ने गरी सदस्यहरूले सोंच्नुपर्छ । एक व्यक्ति एक सहकारी भन्ने जुन सरकारको नीति छ, यसलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । धेरै सहकारीमा सदस्य बनेर अलपत्र बनेका मानिसहरूको संख्या पनि धेरै रहेको पाइएको छ । तसर्थ यसप्रति ध्यान पु¥याउनु जरुरी छ । त्यस्तै सदस्यहरूले उत्पादनशील वस्तु वा घरेलु उद्योगलाई नै प्राथमिकता दिनुपर्छ । सहकारीले सदस्यहरूको चाहना बमोजिम लगानी गर्न सक्छ । त्यसैले मैले सदस्यहरूलाई सहकारीबाट लिएको ऋण उत्पादनमा लगाउन आग्रह गर्दछु ।