© २०२३
कालिका मानवज्ञान मावि बुटवलमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर रकम संकलन गरि वृद्धाश्रमलाई सहयोग गरेका छन् । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा गठन भएको इन्ट्¥याक्ट क्लब अफ कालिकाको पहलमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट संकलन गरिएको नगदबाट दाल, चामल, पिठो, नून र फलफूल जस्ता सामग्रीहरु खरिद गरेर बुटवल–२ स्थित सिद्धबाबा दूर्गा भवानी सैंजु वृद्धाश्रम र नेपाल अपांग आश्रम देवी नगरलाई शुक्रबार एक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण पन्तले बालबालिकाहरुले वृद्धाश्रमका पाका पुस्ताहरुलाई अत्यावश्यक सामग्रीहरु प्रदान गरेर असल सामाजिक ब्यवहारको शुरुवात गरेको बताउँदै हरेक बालबालिकाले पाका पुस्ताहरुबाट ज्ञान र सिप हासिल गर्ने र पाका पुस्तालाई माया, सहयोग र सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा कालिका मानवज्ञान माविका अध्यक्ष होम बहादुर गलामी, क्लबकी अध्यक्ष प्रतिभा भण्डारी, सचिव प्रकृति बस्याल लगायतले बोलेका थिए । क्लब मार्फत विद्यार्थीहरुले ३० हजार रुपैयाँ बराबरको खाद्यान्न र फलफूल वितरण गरेका थिए ।
à