© २०२३
जिल्लाको रामग्राम नगरपालिका १० नदवा स्थित बरुण भेबरेज नेपाल (पेप्सी) प्रा.लि.ले मजदुरलाई श्रम शोषण गरेको भन्दै मजदुरले दुई दिन देखी उद्योगमा तालाबन्दि गरेका छन् । बढी समय काम गराउने र थोरै रकम उपलब्ध गराउने कम्पनीले दिईने ज्यालामा समेत कटौती गरेको आरोपमा कार्यरत मजदुरले तालाबन्दि गरेका हुन् ।
पेप्सी उद्योगमा हाल कार्यरत करिब ३ सय जना प्राविधिक र अप्राविधिक गरि मजदुर कार्यरत छन् । उद्योग सञ्चालन गर्दा कम्पनीले स्थानियलाई रोजगारी दिईने जनाए पनि अहिले मेन पावर कम्पनी मार्फत कामदार लिन थाल्दा मजदुर श्रम शोषण र ठगिमा परेको पछि आन्दोलिन भएका छन् । कार्यरत मजदुरले मेन पावर कम्पनी भन्दा प्रत्यक्ष भर्ना खोलेर मजदुर राख्नु पर्ने माग रहेका छन् । काम गर्दै आएका मजदुरलाई सेवा सर्त सहितको नियुतिmपत्र उपलब्ध गराउनु पर्ने उनिहरूको माग छ । अन्तराष्र्टि«य श्रम संगठनको तोकेको मापदण्ड अनुसार सेवा सुविधा पाउनुपर्ने माग समेत उनीहरूले गर्दै आएका छन् । पेप्सी उद्योगमा कार्यरत मजदुर रामलखन बेल्दार लगायतका मजदुरहरू संगठित भई आन्दोलनमा उत्रेका हुन् । काम मजदुरले गर्ने कमिसन मेनपावर कम्पनीले खाने प्रावधान हटाउनु पर्ने उनीहरूको माग रहेको छ ।
कम्पनी मार्फत काम गर्दा मजदुरलाई बाध्य गराएर ८ घण्टाको ड्युटीको सट्टा १२ घण्टा काम लिइने गरेको छ । त्यसमा पनि मजदुरको ज्यालाबाट १ प्रतिसत रकम टिडिएस उद्योग काट्ने र बाँकी रकम मेन पावर कम्पनीले काट्ने गरेको छ । यो त औपचारिक ठगि हो, उनले भने, अझ कतिपय मजदुरको कम हाजिरी देखाएर पनि ठग्ने गरेको गुनासो उनले गरे । कम्पनीले गाउँ गाउँबाट आएका मजदुरको नेतृत्व गर्ने भनेर एक ब्यतिm आफ्नो राख्ने, दुई तिन महिनासम्म ज्याला नदिईने र पछि ति नेतृत्व गर्ने ब्यतिm भगाउने र उद्योगका कर्मचारीले आफुले मजदुरको मजदुरी ति ब्यतिmलाई दिएको भन्ने षडयन्त्र गर्दै ठगि हुने गरेको छ । ती ब्यतिmले नै रकम लिएर भागेको भनेर नाटकिय ढंगले मजदुरलाई झुक्याउने र ठग्ने कार्य पनि भई रहदा मजदुर बाध्य भएर ज्याला नलिएर काम छाड्न बाध्य पार्ने पनि गरिएको छ । काम मजदुरले गर्ने, रकम ठेकेदार र उद्योगका माथिल्लो तहका कर्मचारीले खाने गरेका छन् । उद्योग प्रशासनका अनुसार उद्योगमा जनशतिm आपूर्ति गर्नका लागि जब केयर, मनकामना, भिएसएस,राजपुत र चण्डेश्वरी लगायतका मेनपावर कम्पनीले जनशतिm आपुर्ति गर्दै आएका छन् । यि कम्पनीले प्रति मजदुर ८ प्रतिसतको दरले कम्पनीबाट कमिसन खादै आएका छन् । मेनपावर कम्पनी र उद्योग प्रशासनका कर्मचारीको मिलोमतोमा मजदुरको श्रमशोषण गर्दै कम्पनीले बढी समय १२ घण्टा काम गराएर ८ घण्टाको मात्र भुतmानी दिएको छ । यसरी दैनिक ४ घण्टाको ज्याला ठगि उद्योगले गरेको छ, भने मेनपावर कम्पनीले कमिसन,कम हाजिरी,भुतmानी लिएर भाग्ने गरि विभिन्न प्रकारले ठग्ने गरेका छन् । मजदुरका अनुसार मासिक ज्याला १७ हजार ५ सय छ, तर कसिमन र ठगिले मजदुरको हातमा १० देखी १२ हजार मात्र पर्ने गरेको छ । बाकी ठगि भई रहेको रकम मेनपावर कम्पनीका ठेकेदार र ति कर्मचारी बाडेर खाने गरेका छन् । मजदुरबाट मात्रै मासिक ८ देखी १० लाख ठगि हुने गरेको आरोप मजदुरको रहेको छ । उद्योगमा तालाबन्दि पछि ताला खुलाउन प्रहरीको टोली तत्कालै पुगेको थियो । प्रहरीलाई देखेर मजदुर मात्रै होईन, स्थानियबासी समेत आक्रोसित बनेका थिए । गाँउमा झै झगडा र नागरिकलाई प्रहरी सेवा चाहिए प्रहरी आउन घण्टौ लाग्ने र उद्योगका लागि जहिले पनि प्रहरी तम्तयार बस्ने ? यो प्रहरी नागरिकका लागि हो,कि उद्योगको लागि भन्दै प्रहरी प्रति स्थानिय आक्रोस पोखेका थिए । त्यस पछि प्रहरी पछि हटेको थियो । अहिले उद्योग र मजदुरको विवाद मिलाउन ४ सदस्यि टोली गठन गरिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । मजदुर र उद्योगको विवाद समाधानका लागि ति टोलीले आधार तयार पार्ने र त्यसमा स्थानिय प्रशासनले सहजीकरण गर्ने प्रजिअ लामिछानेले जनाए ।