© २०२३
रूपन्देहीको देवदह –७ मा दुव्र्यसनी नियन्त्रण गर्नको लागि गाउँ टोलमा अभियान संचालन गरिएको छ । सोही अवसरमा देवदह वडा नं. ७ का वडा अध्यक्ष पदम थापाको नेतृत्वमा लागूऔषध बिक्री तथा सेवन निषेधित क्षेत्र र मदिरा सुर्ती, चुरोट नियन्त्रित क्षेत्र बनाउनको लागि पर्चा टाँस्ने काम गरिएको छ । समाजमा रहेका युवाहरूलाई दूव्र्यशनीबाट बचाउन यस्तो अभियान संचालन गरिएको अध्यक्ष थापाले बताए ।
उनले देवदह वडा नं. ७ भित्र दुव्र्यसनी नियन्त्रणको लागि पहिलो चरणमा पर्चा टास्ने काम हुने, दोश्रो चरणमा घरदैलोमा माइङ्किङ गर्दै हिड्ने र तेश्रो चरणमा जनचेतना फैलाउनको लागि बिद्यालय तथा गाउँ समाजमा तालिम, गोष्ठि संचालन गरिने बताए । कार्यक्रममा दूव्र्यशनी नियन्त्रण अभियानका उपाध्यक्ष भरत गुरुङ्गले लागुपदार्थ उल्लेखिय मात्रामा सेवन गर्ने स्थानमा यो अभियानलाई विशेष महत्वका साथ हेरिने बताए । विजया दशमी भन्दा पहिला नै दूव्र्यशनी नियन्त्रण अभियानको कार्यहरू पूरा गरिने उनले जानाकारी दिए ।
दुईदिन भित्रमा ४ सय भन्दा बढी घरधुरीमा पर्चा टास्ने काम सम्पन्न भएको बताउदै देवदह वडा नं ७ का सबै स्थानमा पर्चा टास्ने काम हुने बताए ।