© २०२३
गुल्मीको कालीगण्डकी गाउँपालिका–७ छापचौरमा आयोजित श्रीमत भागबत महापुराण एवं धन धान्याचल महायज्ञ कÞरिब दुई करोड रकम संकलन गर्दै समापन भएको छ ।
समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता पूर्व सांसद चन्द्र भण्डारीले धार्मिक जागरण अभियान ले शिक्षामा ठूलो सहयोग भैरहेको बताए । राज्यले शिक्षा, स्वास्थ्य दिन नसकिरहेको बेला आमजनतालाई धार्मिक सप्ताहमार्फत गाउँगाउँमा शिक्षाको ज्योति फैलाएको भन्दै सबैले यस अभियानमा सहयोग गर्न जरुरी रहेको बताए । प्रमुख वाचक प. दिन बन्धु पोख्रल, सहवाचक ध्रुबशरण बस्याल, विद्यालयका अध्यक्ष दयाराम आचार्य, सुभास गौतम, पुन्य गौतम, रामु क्षेत्री लगायतले महायज्ञ सफल भएको भन्दै सबै चन्दादातालाई बधाई दिएका थिए । à