© २०२३
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको जिल्ला युवा समिति रूपन्देहीले जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत युवा उद्यमीहरूको समुहलाई ब्यावसायीक प्रमाणपत्रका आधारमा ५ लाखका दरले चेक वितरण गरेको छ ।
ग्रामिण युवा उद्यम कार्यक्रम अन्तर्गत रूपन्देहीका विभिन्न ५ समूहलाई उक्त रकम वितरण गर्दै जिल्ला युवा समितिका अध्यक्ष बसन्त ढकालले युवाहरूलाई ब्यवसायप्रति प्रोत्साहन गर्नका लागि रकम वितरण गरिएको बताए । उनले ब्यावसायिक समुहले प्राप्त गरेको उक्त रकम हिनामिना नहोस भनेर सहकारी मार्फत रकम वितरण गरिएको बताए ।
ग्रामिण युवा उद्यम रकम हस्तान्तरण तथा ब्युटिसियन तालिमको समापन कार्यक्रममा सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका उप–प्रमुख गोमादेवि आचार्यले युवा उद्यमीहरूलाई आफूले सिकेको सिप ब्यवहारमा लागु गर्न आग्रह गरिन् । उनले कुनै पनि काममा सफलता पाउन पैसाले मात्र सम्भव नहुने र सफल बन्नका लागि शिप अनिवार्य रहेको बताउँदै उद्यमशिलता तर्फ लाग्न समेत अनुरोध गरेकी थिइन् । कार्यक्रममा बुटवल वडा नं. २ का अध्यक्ष रमेशप्रसाद नेपालले युवाहरूको काम, कर्तब्य र अधिकार बुझ्न नसकेको बताएका थिए । उनले युवाहरूलाई पैसा कमाउनु भन्दा पहिले शिप सिक्न प्रोत्साहन गरे ।
कार्यक्रमको वित्तीय रूपमा सहकार्य गरेको संसार बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णुप्रसाद वस्तीले युवाहरूलाई ब्यवसायिक बनाउँदै आर्थिक रूपले बलियो बनाउने अभियानमा लाग्नुपर्ने बताए । कार्यक्रममा तिन महिने ब्युटिसियन तालिममा सहभागीहरूको लागि प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला युवा समितिका कार्यालय प्रमुख सवितादेवी निरौला, कृष्टिना एण्ड कृष्टल इन्टरनेशनल कन्सल्टेन्सीका निर्देशक ठाकुर घिमिरे लगायतले बोलेका थिए । à