© २०२३
स्वतन्त्र भएको छोटो अवधिमै चीनले आर्थिक र औद्योगिक बिकासमा फड्को मारेको बताउँदै चीनबाट नेपालीले धेरै कुरा सिक्नु पर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन ।
चीनको ६९औं राष्ट्रिय दिवसको अवसरमा नेपाल चीनमैत्री समाज लुम्बिनीले सोमबार भैरहवामा गरेको अन्तरक्रियामा बोल्दै प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले छिमेकी मित्र राष्ट्र चीनले गरेको आर्थिक र औद्योगिक विकासको बाटो नेपालले अनुशरण गर्नुपर्ने बताए ।
मन्त्री गिरीले चीनसँग नेपालको सदियौंदेखि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहिआएको र चीनले नेपाललाई सधैं सहयोग गर्दै आएको स्मरण गरे । चीनले नेपालको आर्थिक र औद्योगिक विकासमा सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै मन्त्री गिरीले नेपालले लगानी भित्रयाउन विश्वासिलो वातावरण बनाउन आवश्यक रहेको औंल्याए ।
चीनको तीब्र आर्थिक विकास हुनुमा राजनीतिक नेतृत्व र चिनियाँ जनताको अनुशासन एवं मेहनत मुख्य कारण रहेकाले ती कुरा नेपाल र नेपालीले सिक्नुपर्ने मन्त्री गिरीको आग्रह छ । नेपाल सरकार र नेपाली पक्षकै कमजोरीका कारण नेपालमा चाहेजति चिनियाँ सहयोग भित्राउन नसकिएको मन्त्री गिरीले बताए ।
मन्त्री गिरीले रोहिणी नदी बुद्धसँग सम्बन्धित रहेकाले रोहिणी नदी किनारमा बृक्षरोपण गर्न प्रदेश सरकारले सहकार्य गर्ने बताए । लुम्बिनीस्थित चिनियाँ मोनास्टीका भिक्षु शी चुंग शाले चीन र नेपालबीचको सम्बन्ध अविरल बग्ने नदी जस्तै निरन्तर रहिरहने धारणा राखे । उनले नेपाल चीन मैत्री समाज लुम्बिनीले चिनिया जनतासंग सम्बन्ध विस्तारका लागि गर्ने कार्यक्रम प्रशंसनीय रहेको बताए । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले चीनसंग नेपालको वहुआयामिक सम्बन्ध रहेकाले बौद्ध धर्मावलम्बी पर्यटक भित्राउन सरकार र नीजि क्षेत्रले पहल गर्नुपर्ने धारणा राखे ।
नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले चीन स्वतन्त्र भएको छोटो अवधिमै आर्थिक र औद्योगिक विकासमा फड्को मारेर विश्वको पहिलो शक्तिशाली अर्थतन्त्र भएको मुलुक बन्न गइरहेको हुंदा नेपालले चीनबाट थुप्रै फाइदा लिन सक्नुपर्ने बताए । समाजका सदस्य तथा उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भण्डारीले चीनले नेपालमा लगानी र सहयोग बढाउनुपर्ने धारणा राखे । उनले भारतले नाकाबन्दी गरेको अवश्थामा चीनले नेपाललाई आवश्कयता अनुसार सहयोग गर्न नसकेको जनाए । अहिले पनि चीनले हात हालेका ठूला परियोजनाहरू अल्पत्र अवश्थामा रहेको बताउदै उनले चीनले अब नेपालमा आफ्नो छवि सुधार गर्नु पर्नेमा जोड दिए । चीन सन् १९४९ अक्टुबर १ तारिखमा मा स्वतन्त्र भएको हो । उक्त दिनको सम्झनामा नेपाल चीन मैत्री समाज लुम्बिनीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।
स्थानीय तहबाट सञ्चालित योजनाहरूलाई कसरी व्यवस्थित र योजना दिगो बनाउन सकिन्छ । भन्ने विषयमा माथागढी गाउँपालिकाले स्थानीय उपभोक्ता समितिहरूलाई तालिमको योजना गरेको छ । तालिमका प्रमुख प्रशिक्षक तथा प्रमुख प्रशाशकिय अधिकृत दिपक नेपाली ले वडा. न २ कसेनी बाट तालिमको सुरुवात गरेको हुन् ।तालिममा बस्ती तहबाट आवश्यकता को वर्गीकरण गरी प्राथमिकता का आधारमा यो योजना छनोट गर्नु पर्ने योजना संम्झौता गर्दा पु¥याउनु पर्ने विधी प्रक्रिया योजना सम्पन्न गर्न सम्म उपभोक्ता समितिले गर्नुपर्ने पारदर्शीयता जस्ता विषयमा वडा का योजनाका पदाधिकारी हरूलाई प्रमुख प्रशासकिय अधिकृत नेपालीले प्रशिक्षण दिएका थिए । गाउँपालिकाको वडा.न २ साविकको कसेनी गाविसमा सञ्चालित साना ठूला योजना गरी ५० वटा भन्दा बढी रहेका छन् । योजना कहिले सम्झौता गर्ने कहिले सम्म योजना सम्पन्न गर्ने जस्ता विषयमा उपभोक्ता समितीलाई प्रशिक्षण दिइएका थियो । तालिममा वडा अध्यक्ष दिपक थापाले उपभोक्ता समिती समयमा योजना सम्पन्न गरीयो भने पछिल्लो समयमा हतार हतार नहुने योजना भरपर्दो र दिगो हुने हुदा त्यस तर्फ उपभोक्ता समितीले त्यस तर्फ ध्यान दिनुपर्ने बताए ।