© २०२३
२८ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा स्वर्गद्धारी नगरपालिकाद्वारा आयोजित सम्मान कार्यक्रम नगरप्रमुख नेत्र बहादुर रोकायले चिन्ता व्यक्त गरे । जन्मदिने बुवा÷आमा घरमा बोँझ भएको सम्झेर बृद्धाश्राममा राख्नेहररुलाई लक्षित गर्दै उनले भने,‘उमेर ढल्केपछि सवै बृद्धावस्थामा पुग्ने हो । भावी दिन सम्झेर बुवा आमालाई माया गर्ने संस्कारको विकास गरौँ ।’
नगरपालिकाले सवै वडाबाट एक÷एकजना सवैभन्दा धेरै उमेर भएका जेष्ठ नागरीकहरूलाई छनौट गरी भिंगृमा सम्मान गरेको छ । चिसोको मौसम शुरु भएकाले न्यानो कपडा (सुइटर) र नगद चार सय रूपैयाँ सहित सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत तुलसीराम गैरेले बताए । ९५ वर्षिय जंग बहादुर वली, ८५ वर्षिय ढाटीदेवी पुन, ९४ वर्षिय निमा कुमारी रोका, ८८ वर्षिय भूमीदेवी रावत क्षेत्री, सोही उमेरकी गजाधर उपाध्याय, ८२ वर्षिय वसन्ता पोख्रेल, ९५ वर्षिय देवकी पार्धे, ९६ वर्षिय देवी महतरा र ८७ वर्षिय जंग बहादुर खत्रीलाई सम्मान गरिएको छ । सोही अवसरमा जेष्ठ नागरीकहरूको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी भिंगृ उपशाखा सभापती रामप्रसाद श्रेष्ठलाई समेत सम्मान गरिएको छ । दिवसको अवसरमा जिल्लाका अन्य स्थानीय तहले कार्यक्रमको आयोजना गरी जेष्ठ नागरीकहरूलाई सम्मान गरेका थिए ।