ट्रेंडिंग:

>> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर

सीमाक्षेत्रमा नागरिक सहायता केन्द्र

१६ आश्विन २०७५, मंगलवार
१६ आश्विन २०७५, मंगलवार

चाडपर्व नजिकिएसँगै यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै कपिलवस्तुको कृष्णनगरस्थित सीमाक्षेत्रमा नागरिक सहायता केन्द्र स्थापना गरिएको छ । नेपालीहरूको महान पर्व दशैं, तिहार र छठ जस्ता चाडपर्व मनाउन आउने नेपाली यात्रुहरूको सहजताका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै स्थानमा नागरिक सहायक केन्द्र स्थापना गरेका हुन् । दशैंका बेला नेपाल फर्किने यात्रुहरूहरूलाई बिना झन्झट सहज तरिकाले यात्रा गर्ने वातावरण निर्माण गर्न हेल्प डेक्स स्थापना गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटीले जानकारी दिए ।
यतिमात्र होइन सीमाक्षेत्र अन्तर्गत जिल्लाको चाकरचौंडा र मर्यादपुरमा समेत नागरिक सहायता केन्द्र संचालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिए । यसका साथै जिल्लाको चन्द्रौटा चोकमा समेत नागरिक सहायता केन्द्र स्थापना गरिएको प्रहरीले जनाएको छ । नागरिक सहायता केन्द्रमा जनपद प्रहरी र ट्राफिक प्रहरी खटिएका छन् । केन्द्रमा खटिएका प्रहरीले समस्यामा परेका यात्रुहरूलाई आवश्यक सहायता गर्ने बताइएको छ ।बिगतका दिनमा बजार गर्न जाने नेपाली नागरिक, प्रवासबाट नेपाल फर्कने र प्रवास जाने नेपालीले विभिन्न सास्ती भोग्नुपरेको जनगुनासोलाई कमी गर्न यात्रु सहायता केन्द्र सञ्चालनमा ल्याइएको प्रहरी उपरीक्षक मनोज यादवले जानकारी दिए । नागरिकसँग मैत्रीपूर्ण सम्बन्ध राखी सीमाक्षेत्रमा हुनसक्ने अवान्छित क्रियाकलापलाई नियन्त्रण गर्न यात्रु सहायता कक्ष संचालन गरिएको प्रहरी उपरीक्षक यादवले बताए । सीमाक्षेत्रमा दशैं र तिहारका बेला यात्रु ठगिने, लुटिने र दुर्घटनामा समेत वृद्धि हुने सम्भावना रहेकाले सहायता कक्षमार्फत नागरिकको शान्ति सुरक्षाको लागि पहरेदारी गर्ने प्रहरी उपरीक्षक यादवको भनाई छ ।
यसैबीच सशस्त्र प्रहरी बल नेपाल, नं. ३९ गुल्म, कृष्णनगरले पनि भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरी नागरिक सहायता कक्ष संचालन गरेको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज कुमार धितालले जानकारी दिए । सीमाक्षेत्र वारपार गर्ने यात्रुहरूको शान्ति सुरक्षा र सुविधाका लागि नागरिक सहायता कक्ष संचालनमा ल्याएको धितालले बताए । नागरिक सहायता कक्षमा नेपालका सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका प्रहरी खटाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?