ट्रेंडिंग:

>> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली

ट्राफिक प्रहरीद्वारा नागरिक सहायता कक्ष

१६ आश्विन २०७५, मंगलवार
१६ आश्विन २०७५, मंगलवार

 जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले नागरीक सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वको समयमा सवारी आवागमन तथा यात्रुहरुलाई सहजता होस् भन्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
हिन्दुहरुको महान् पर्व विजयादशमी तथा दीपावली पर्वलाई मध्यनजर गर्दै सहायता कक्षा स्थापना गर्न सुरु गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सोमवार घोराहीको बसपार्कमा सहायता कक्षा स्थापना गरेको छ । चाडपर्वको समयमा यात्रुहरुको चाप बाक्लो हुने र सो समयमा यात्रुहरुले विभिन्न समस्या भोग्न सक्ने भएकाले समस्या समाधानकालागि नागरिक सहायता कक्षा स्थापना गएिको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरले सहायता कक्ष जिल्लाका हरेक बसपार्क तथा ट्राफिक पोष्टहरुमा राखीने बताएका छन् । उनले सोमबार मात्रै जिल्लाका तीन स्थानमा सहायता कक्ष स्थापना गरिएको जानकारी दिए । ट्राफिक प्रहरी प्रमुख कुवरका अनुसार घोराहीको बसपार्क र ट्राफिक चोकमा सहायता केन्द्र स्थापना गरिएको छ भने यस्तै सोमवार नै लमहीमा पनि नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
सहायता कक्षको अभावमा यात्रा गर्दा विभिन्न असुविधा हुने, लुटपाट, दोहोरो टिकट, सामान हराउने एवं अभद्र व्यवहार हुन सक्ने भएकाले समस्या हुनै नदिनका लागि सहायता कक्षको आवश्यकता भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कुँवरले जानकारी दिए । “चाडपर्वको समयमा सवारी साधनहरुमा यात्रुहरु खचाखच हुने भएकोले सहजताका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको हो” कुँवरले भने । टाढा गएकाहरु पनि महान चाड भनेर घर फर्कने समयमा अप्रिय घटनाहरु भैरहेको हामीले देखेका र सुनेका छौ, त्यसैले प्रहरी मेरो साथीको अवधारणालाई सफल पार्न ट्राफिक प्रहरी सदैव तयार रहेको कुँवरको भनाई छ । दाङ जिल्लामा रहेका ट्राफिक प्रहरी पोष्टहरुमा नागरिक सहायता कक्ष सञ्चालन हुन उनको भनाई छ । जिल्लामा रहेका आठवटा ट्राफिक पोष्टमा नागरीक सहायता कक्ष सञ्चालन हुने छ त्यसैले समस्यामा परेका यात्रुहरुले पाएक पर्ने स्थानमा सम्पर्क गर्न सक्नुहुने छ कुँवरले भने । पुर्व पश्चिम राजमार्ग अन्र्तगत भालुवाङ, लमही बसपार्क तथा अमिलियामा नागरीक सहायता कक्ष हुनेछ । त्यसैगरी घोराहीको ट्राफिक चौक, बसपार्क, नारायणपुर तथा तुलसीपुरमा पनि नागरीक सहायता कक्ष सञ्चालन हुने उनको भनाई छ ।
यात्रा गर्दा समस्यामा परेका यात्रुहरुको समस्या समाधानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न नम्बरहरु समेत दिएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?