© २०२३
दलितहरुलाई गरिने बिभेद जातिय नभई मान्छे मान्छे बीचको विभेद भएको कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री दल रावलले बताएका छन् । सोमबार दलित तथा अन्य सिमान्तकृत समुदायको आर्थिक तथा सामाजिक अवस्थाको बिवेचना सम्बन्धी कर्णाली प्रदेशस्तरीय कार्यशाला गोष्ठिको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘विकास भनेको सबै जाती वर्गको उत्थान तथा विकास हो । दलितलाई गरिने विभेद जातिय नभई मान्छे मान्छे बीचको विभेद हो । यसलाई चिरेर हामीहरु अगाडि बढ्नुपर्ने बेला आएको छ ।’
कर्णाली प्रदेशमा छुवाछुत मुक्त, छाउपडि मुक्त तथा पूर्ण साक्षरता नगर वा गाउँपालिका घोषणा गर्नेलाई पाँच लाखको पुरस्कारको घोषणा कर्णाली सरकारले गरेको समेत उनले बताएका छन् । उनले थपे ‘कर्णाली प्रदेशमा जातीय छुवाछुत गर्नेलाई हामी कार्रवाहि गर्दर्छौं । मान्छे मान्छे बीचको विभेद कर्णालीबाट हटाउनु पर्छ ।’ दलित तथा सिमान्तकृत वर्गका लागि कर्णाली प्रदेशले विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएको समेत मन्त्री रावलले बताएका छन् ।
कार्यक्रममा बोल्दै दलित समुदायका बुद्धिजिवी हिरा बिश्वकर्माले नीति निर्माण गर्ने क्रममा समेत सरकारले दलितहरुलाई उपेक्षा गरेको बताएका छन् । उनले भने ‘कतिपय अवस्थामा राज्यले दिएको सेवा सुबिधा समेत दलित समुदायले लिन सकेका छैनन् । भने कतिपय अवस्थामा राज्यनै दलित हरुकालागी निती निर्माण गर्ने कुरामा पछि हटेको छ ।’ कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट दलित समुदायका अगुवाहरुको सहभागीता रहेको छ । गोष्ठि दुईदिन सम्म चल्नेछ । ’ à