© २०२३
बुटवल,१४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा रुपन्देहीका आशिष कुमार चौधरीलाई चयन भएका छन् ।
चौधरी रुपन्देही १ (१) बाट निर्वाचित भएका हुन् । राप्रपाबाट प्रत्यक्षमा चौधरीसहित कपिलवस्तुबाट जानकीप्रसाद यादव तथा समानुपातिकतर्फ बाँकेबाट मिनाकुमारी श्रेष्ठ र गुल्मीबाट मेनुका खांण ठकुरी गरी कुल ४ जना निर्वाचित भएका छन् । दलको नेतामा चयन भएपछि चौधरीले प्रदेश सभामा जनताका समस्या र पार्टीले उठाउंदै आएका एजेण्डाहरु सशक्तरुपमा उठाउने बताए ।