ट्रेंडिंग:

>> सवारी प्रदूषण नियन्त्रण गर्न नेपालले लागू गर्‍यो युरो ५ र ६ मापदण्ड >> रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख  >> डेंगु नियन्त्रण प्रभावकारी बनाउनु पर्छ: सांसद पौडेल >> टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन >> बालेन र प्रशासकीय अधिकृतबीचको द्वन्द्वले बजेट अन्योलमा >> अर्थमन्त्री पौडेलको संसदमा स्पष्टोक्ति: ‘टेक एन्ड पे’ हटाइयो >> शिवराजको १ अर्ब ३४ करोडको बजेट: शिक्षा र विकासलाई प्राथमिकता >> प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जना विरुद्ध अदालतमा मुद्दा >> रोटरी बुटवलद्धारा ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण >> यूएईमा अब नेपाली श्रमिकको तलब १ हजार दिरामभन्दा कम नहुने >> अवहेलना मुद्दामा विशेष अदालतको अहिलेसम्मकै ठूलो इजलास गठन >> भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय >> प्रधानमन्त्री कार्यालयमा चौरसियाविरुद्ध अनुसन्धानको माग >> सरकारी गाडीको रहस्यमय दुर्घटना : पूर्व प्रशासकीय अधिकृतलाई छोडेर फर्किदा के भयो ? >> नेकपा एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक >> कोरोना संक्रमित महिलाको विराटनगरमा निधन >> देशमा ११.६ प्रतिशत बेरोजगारी रहेको मन्त्री भण्डारीको खुलासा >> भिजिट भिसा प्रकरण: समितिलाई ९ वटा कार्यादेश तोकियो >> उच्चस्तरीय छानबिन समिति बनाएकोमा माओवादीले दियो सरकारलाई धन्यवाद >> ट्रम्पद्वारा इरान–इजरायल युद्धविरामको घोषणा >> सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घट्यो >> रास्वपा सांसद गृहमन्त्रीको सम्बोधन सुन्न तयार >> एसीसी पुरुष यू–१६ मा नेपालको लगातार दोस्रो जित, जापान ९ विकेटले पराजित >> शुभम् खनालको घातक बलिङमा जापान ८० रनमा अलआउट >> भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति गठन >> सप्तरीका एसपी खतिवडामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति >> बालुवाटारमा सत्तारूढ दलको बैठक जारी >> हरियालीबाट समृद्धितर्फः बाँकेमा चक्ला वनको प्रेरणादायी यात्रा >> ‘हिंसा र विभेदमुक्त बाणगंगा बनाउने योजना’ >> दोस्रो स्मृति कपको संयुक्त उपाधि वडा नं. २ र ९ लाई  >> समावेशी शिक्षा कार्यान्वयनमै चुनौति >> पालिकाहरूको नीति कार्यक्रम र बजेट >> आत्मनिर्भरताको उज्यालोले  खुसी थप्दै विजयनगर >> बजेटको साइड इफेक्टः प्रदेश मन्त्रीलाई काँग्रेसको जिल्ला निषेध  >> जमुनहा–हर्रे डाँडा सडक: पक्की सडकमा ‘टालोले टालटुल’ >> मनसुनी वायुको प्रभाव देशभर, यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना >> एसीसी पुरुष यू–१६ इस्ट जोन कप: आज नेपाल र जापान भिड्दै >> विभेदकारी बजेट, उपेक्षित सांसदहरूः सरकार हाम्रा योजना खोई ? >> एनसिसि क्याडेटलाई प्रेरणादायी प्रवचन >> बुटवल उपमहानगरको बजेट ३ अर्ब ३६ करोड >> लुम्बिनी बजेट : भौतिक पूर्वाधार मन्त्री ढकालले पारे आफ्नै वडामा ६ करोड >> पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर >> कर्णालीको बजेट विवादमा >> चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी असार १५ देखि बन्द हुने >> जसपाले सरकारलाई समर्थन फिर्ता लिन सक्ने तयारी >> साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा >> सेयर बजार ४ अंकले बढ्यो >> राष्ट्रिय योजना आयोग उपाध्यक्ष र बेलायती राजदूतबीच भेटवार्ता >> भारतका पूर्व उपराष्ट्रपति नायडूसँग रास्वपाका सांसदद्वयको भेट >> नेपालमा ओमिक्रोनका पाँच नयाँ सब-भेरिएन्ट पुष्टि

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

५ मंसिर २०८१, बुधबार
५ मंसिर २०८१, बुधबार

दाङ, ५ मंसिर ।

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा लुम्बिनी प्रदेशको समग्र विकासको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । मुख्यमन्त्री चेतनाराण आचार्यले प्रधानमन्त्री समक्ष प्रदेशको समग्र विकास संग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी सुनिश्चित सहितको बिषय उठान गरिदिन अनुरोध गरेका छन् । भ्रमणको क्रममा राजधानी शहर निर्माणको लागि चाहिने स्रोत सुनिश्चित देखि चीनको छेन्दुबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको बिषयलाई प्राथमिकतामा राख्न बिशेष जोड दिएको मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउतले जानकारी दिएका छन् ।

प्रदेशको राजधानी क्षेत्र ग्रामीण अवस्थामा रहेको छ । प्रदेश सरकारले आफ्नो प्रदेश राजधानीलाई पर्यटकीय तथा सांस्कृतिक शहरको रुपमा निर्माण गर्नेगरी त्यसको डिजाईन गरिसकेको छ । त्यसको कार्यान्वयनको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरण समेत गठन गरेको छ । सरकारबाट राजधानी शहर निर्माणको लागि लगानीकर्ताको खोजी गरिरहेको जानकारी दिदै चीन भ्रणको अवसरमार राजधानी शहर निर्माणको लागि लगानीका बिषयमा बिषय उठान गरिदिन अनुरोध गरिएको हो ।‘शहर निर्माणका लागि प्रदेश सरकारको बजेटले मात्रै पुग्दैन् । नीजि क्षेत्र तथा दातृ निकायको सहयोग चाहिन्छ । त्यसका लागि लगानी खोज्ने काम अघि बढेको छ । प्रधानमन्त्री ज्यूको चीन भ्रमणको एजेण्डामा प्रदेश राजधानी शहर निर्माणको एजेण्डा समावेश होस भन्ने चाहेका छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘राजधानी शहर निर्माणको लागि एक खर्ब बजेट लाग्ने अनुमान छ । यसका लागि २० बर्षको अवधि तोकेर गुरुयोजना बनिसकेको छ । अव लगानी खोजेर काम गर्ने चरणमा छौं ।’

यस्तै भ्रमणको क्रममा चीनको सिचुआन प्रान्तको छेन्दुबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको लागि पैरवी गर्ने एजेण्डा पनि प्रस्तावको रुपमा समेटन अनुरोध गरिएको छ । ‘लुम्बिनीमा तिर्थाटनका लागि दैनिक सैयौं संख्यामा चीनिया तथा हजारौं संख्यामा अन्य देशका तिर्थयात्री आउने गर्नु भएको छ । तिर्थयात्रीको सुविधाको लागि चीनको सिचुआन प्रान्तको छेन्दुबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दैनिक सिधा हवाई उडानको पैरवही गरवीका लागि आग्रह गरेका छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘सिधा हवाई उडान भएको खण्डमा लुम्बिनीमा वेग्लै रौनक छाउने आशा हामिले गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?