ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

गुल्मी, ०७ मंसिर ।
जिल्ला प्रशाशन कार्यालय गुल्मीमा गत तीन महिनादेखि बढेको सेवाग्राहीहरूको चाप अझै घटेको छैन । गत असोज महिनादेखि दैनिक रूपमा प्रकाशन कार्यालयमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका कामका लागि आउने सेवाग्राहीको संख्यामा बृद्धि हुँदै गएको छ ।

दैनिक रूपमा दिनहुँ कार्यालय समय भन्दा तीन घण्टा अघिदेखि प्रशासन कार्यालयमा सेवाग्राहीहरूको लामो लाईन लागेको हुन्छ । चाडवाड सकिएपछि पनि कार्यालयमा आउने सेवाग्राहीहरू भने दिनहुँ उत्तिकै देखिन्छन । जिल्ला प्रशासन कार्यालयमा यसरी सेवाग्राहीहरूको चाप बढेपछि सेवादिने सेवा प्रदायक कार्यालयलाई पनि सेवाग्राहीहरूको चापलाई व्यवस्थापन गर्न धौधौ पर्ने गरेको छ । कार्यालयमा सेवाग्राहीहरूको बाक्लो उपस्थिति भएपछि कार्यालयले बेलुकासम्म बसेर सेवा प्रवाह गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिएका छन ।

कार्यालयमा यसरी सेवाग्राहीहरूको चाँपबढेपछि प्रशासन कार्यालयले टोकन प्रणाली मार्फत रादानीका लागि कतिपय दिनमा पछिल्लो दिनको टोकन समेत अघिल्लो दिनमा बितरण गर्दै आईरहेको छ । गाउँगाउँवाट एकै पटक ठूलो संख्यामा सेवा लिन आउन थालेपछि कार्यालयमा नागरिकता बनाउनका लागि कतिपय अबस्थामा दुइ दिनसम्म पालो पर्खनु पर्ने बाध्यता छ ।
कार्यालयमा धेरै चाँप हुनेहुँदा टाढाटाढाबाट आउने सेवाग्राहीहरू अघिल्लो दिन सदरमुकाम आएर बास बस्ने र बिहानै कार्यालयमा पुगेर लाईनमा बस्ने गर्दछन् । सेवाग्राहीहरूको लाईनमा कहिलेकाही कार्यालयको गेट बाहिरसम्म पुग्ने गर्दछ । सेवा ग्राहीहरूको बाक्लो उपस्थिति हुने जिल्ला प्रशासन कार्यालय गुल्मीमा आजभोली सयौं मानिसहरू नागरिकता, राहदानी र अन्य सिफारिसकालागि विहानैदेखि दिनहुँ लाईनमा देखिन्छन् । कार्यालय समय शुरु हुनु अगाडि लाईनमा बसेर पालो पर्खने र चाँडै काम सकाएर घर फर्कने आशमा नागरिकताको सिफारिस र राहदानीको टोकन बोकेर घण्टौसम्म आफ्नो पालो पर्खिरहेका हुन्छन् ।

यस अघि दैनिक सरदर ४० देखि ६० वटासम्म नागरिकता वितरण र राहदानीको फाराम भर्ने जिल्ला प्रशासन कार्यालयमा अहिले नागरिकता बनाउने, राहदानीको फाराम भर्ने र अन्य कामका लागि आउनेहरूको संख्या दैनिक चारसय भन्दा बढी हुने गर्दछ । त्यसका अतिरिक्त राष्ट्यि परिचपत्रमा पनि उत्तिकै चाँप हुनेगर्दछ ।

कार्यालयमा सेवाग्राहीको अत्यधिक चाँप हुने भएका कारण दुइ जना प्रशासकीय अधिकृतको दरबन्दी कायम गरिएको छ । दुइ जना प्रशासकीयको दरबन्दी रहेको प्रशासन कार्यालयमा गत चार महिनादेखि एक जना मात्र प्रशासकीय अधिकृतले मात्र काम गर्दै आएका छन । कार्यालयमा नागरिकताको प्रतिलिपि लिने र अभिलेख प्रमाणित गर्न आउने मानिसहरूको संख्या पनि यो पटक विगतमा भन्दा अत्यधिक मात्रमा बढेको प्रशासकीय अधिकृत तारानाथ फुल्देलले बताए । जिल्लामा इलाका प्रशासन कार्यालय नहुँदा एकै ठाउँबाट सेवा प्रबाह गर्नुपर्ने भएको कारण सेवाग्राहीको चाँप बढ्दै गएको नागरिक समाजका संयोजक पदम प्रसाद पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?