© २०२३
प्रहरीद्वारा आयोजीत ट्राफिक सचेतना अभियान अन्तर्गत आईतबार विनयी त्रिवेणी गाउँपालीकाको दुम्कीबासमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुर र जिल्ला प्रहरी कार्यलय नवलपुरको संयूक्त आयोजनामा संचालित ट्राफिक सचेतना प्रशिक्षणमा करिब ४०÷४५ जना चालक तथा सहचालकहरूको उपस्थिति रहेको थियो । चाडपर्वलाई लक्षित गरेर चेकजाँचमा कडाइ गर्दै ट्राफिक सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रमुख लक्ष्मण बहादुर शाहीले जानकारी दिए । चाडपर्वका बेला अन्य समयमा भन्दा सवारीको चाप बढी हुने र सवारी /सवारीबीचमा अस्वस्थ प्रतिस्पर्धा, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सवारी दुर्घटनामा वृद्धि हुने भएकाले प्रहरीले सचेतना अभिवृद्धि र चेकजाँचमा कडाइ गरेको जनाएको छ । बस, ट्रक, जिप कारका चालक तथा सहचालहरूलाई रोकेर ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिइएको हो । उनीहरूले कुरा नसुन्ने र सवारी लिएर हिँड्न सक्ने भएकाले उनीहरूका आवश्यक कागजपत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेर कार्यक्रम सकिएपछि मात्रै फिर्ता गरेको थियो । शाहीका अनुसार असोज महिनाको १४ गते सम्मको अवधिमा ६ जनाको मृत्यु समेत भएकोले दुर्घटनाका घटनाहरू बढ्दै गएकोले वर्दघात न्यूनीकरणका लागि यस अभियान प्रभावकारी हुने बताएका छन् । साथै नवलपुर जिल्लामा चालकको लापरवाहीले मात्रै ८७ प्रतिशत सावारी दुर्घटनाका घटनाहरू हुने गरेको, सडकको अवस्थाले गर्दा लगभग ९ प्रतिशत, बाँकी ४ प्रतिशत अन्य कारणले हुने गरको तथ्याङ्गक आएको समेत बताएका छन् । नवलपुर जिल्लामा ७० देखि ८० प्रतिशत स्कुटर चालक, झन्डै ४४ प्रतिशत मोटरसाईकल, ३३ प्रतिशत टेक्टर चलाउनेको लाईसेन्स नभएको शाहीले जानकारी दिएका छन् । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालीकाका अध्यक्ष डम्बर बहादुर जि.सि., ईलाका प्रहरी कार्यलय दुम्कीबासका प्रमुख राजिव श्रेष्ठ लगायतले बोलेको प्र.स.नि.तारापति अर्यालले जानकारी दिए । à