© २०२३
२८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको पूर्व सन्ध्याकालमा ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले कतिपय जेष्ठ नागरिकहरू गाउँ, समाज तथा परिवारबाट हेलित हँुदै आएको सन्दर्भमा नगरपालिकाले गरेको सानो सहयोग सबैको प्रेरणादायी हुने बताए ।
देवदह नगरपालिकाको आयोजनामा भएको सम्मान कार्यक्रम देवदहका बिभिन्न स्थानका रहेका जेष्ठ नागरिकहरूलाई जुस तथा नगद वितरण गरेर सम्पन्न भएको थियो । देवदहको भलुही, शित्तलनगर, शंकरपुर ढेकावर लगायतका स्थानहरूमा रहेका जेष्ठ नागरिकहरूलाई नगरपालिकाले नगद एक÷एक हजारका साथमा जुस पनि वितरण गरेको थियो ।
देवदह नगरपालिकाभित्र रहेका १२ वटै वडाभित्र रहेका ५ सय ८५ जना बृद्धबृद्धाहरूलाई नगद बितरण गरेर सम्मान गरेको हो । कार्यक्रममा देवदह नगर उप–प्रमुख बिद्यालक्ष्मी गुरुङ्ग, वडा नं. ५ का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपाने, वडा नं. ६ का वडा अध्यक्ष दामोदर क्षेत्री, विष्णु पाण्डे, परी बिक लगायतको सहभागिता रहेको थियो ।