© २०२३
अखिल नेपाल युवक संघ रूपन्देहीको पाँचौ जिल्ला सम्मेलनबाट गोविन्द खनालको अध्यक्षतामा १३ सदस्यीय रहेको अखिल नेपाल युवक संघ रूपन्देही गठन गरिएको छ । जसको जसको उपाध्यक्षमा रमा जीसी, सचिव गणेश थापा, सहसचिव शंकर पौडेल र कोषध्यक्षमा मिलन पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सदस्यहरूमा अर्जुन घर्ती, दुर्गादेवी काउचा, प्रिया अधिकारी, रमेश भन्डारी, यमबहादुर क्षेत्री लगायत रहेका छन् ।
सोही कार्यक्रममा बोल्दै अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव कृष्णराज पौडेलले युवाहरूलाई समाज परिवर्तनको दिशामा अगाडि बढाउनुपर्ने बताए । दक्ष जनशक्तिलाई विदेश पठाएर देशको विकास हुन नसक्ने बताउँदै राज्यले युवामैत्री नीति ल्याउनु पर्ने बताए । उनले समाज परिवर्तन र राष्ट्रिय सार्वभौमिकता, अखण्डता र एकताको पक्षमा युवाहरूलाई परिचालन गर्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य तारा जीसी, पूर्वसभासद सन्तवहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका रूपन्देही सचिव दीपक पौडेल, निवर्तमान अध्यक्ष गोपाल बन्जाडे, अखिल नेपाल महिला संघकी केन्द्रिय सचिव लक्ष्मी न्यौपाने, रुक बहादुर पराजुली, नारायण जीसी, रूपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, बुद्धिजीवी संघका दुर्गानाथ खरेल, अखिल छैठौंका रूपन्देही अध्यक्ष सरोजमान सिंह, गंगालाल सापकोटा, गणेश थापा, हरि योगी, सुरेन्द्र थापा, ज्योति फौजा मगर लगायतले बोलेका थिए ।