© २०२३
रूपन्देहीका फर्साटिकरमा रहेको ड्रिम भिजन स्कुल अफ फर्साटिकरका विद्यार्थीहरूले खाजा खर्च कटौती गरी अनाथ आश्रमलाइ सहयोग गरेका छन् । शनिवार तिलोत्तमा मणिग्राममा रहेको आत्मसान्ती अनाथ आश्रमका बालबालिकाहरूलाई विद्यालयको कक्षा ८ का विद्यार्थीहरूले संकलन गरेको रकम बाट पोशाक तथा खाद्यान्न वितरण गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघ प्रदेश ५ का उपाध्यक्ष तथा शान्ती नमुना माविका प्रध्यानाध्यापक कुल प्रसाद लामिछानेले सानो उमेर देखि नै विद्यार्थीहरूमा पलाएको समाजसेवाको भावानले सबैलाई प्रेरेणाको स्रोत बन्न सक्ने बताएका थिए । ८ कक्षाका विद्यार्थीहरूले खाजा खर्च बापतको रकम बाट आश्रममका रहेका सोही उमेर समुहका बाललबालिकाहरूको लगि ट्रक सुट प्रदान गर्नु आफैमा महत्वपूर्ण कार्य रहेको बताएका थिए ।
विद्यालयका कार्यकारी निर्देशक चुरामणी डुम्रेले विद्यार्थीहरूमा आएको समाजसेवाको भावनाले अझै उत्प्रेरणा प्रदान गरेको बताएका थिए । विद्यार्थीहरूले बालबालिकाहरूको लागि देखाएको समाजसेवाको भाव भविश्यमा पनि निरन्तरता दिने उनले आशा व्यक्त गरेका थिए ।
कार्यक्रममा आश्रममकी अध्यक्ष मैनादेवी भण्डारीले सबैको सहयोगबाट अहिले सम्म आश्रम चलेको जानकारी दिँदै २५ जना सम्म आनाथ असाय बालबालिका राख्ने सकिने गरी क्षमता वृद्ध गरिएको जानकारी दिइन् । अहिले आफै आश्रममा प्रत्येक दिन आएर खाना बनाउने, बालबाँलिकाहरूलाई खुवाउने गरेको जनाउँदै उनले हाल १२ जना बालबालिका आश्रममा आश्रीत रहेको र सबै शान्त नमुना माविमा अध्ययन गर्दै आएको बताईन् । à