© २०२३
बुटवल,४ पुस । म्ंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लामा पार्टीले कुनै सिट जित्न नसकेको भन्दै नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हकिकुल्ला खांले पदबाट राजीनामा दिएका छन् ।
एवं मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्ज समेत रहेका नेता खांले सोमबार सांझ एक विज्ञप्ति जारी गर्दै रुपन्देहीमा पार्टीले प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेकाले इन्चार्ज पदमा रहिरहन नैतिकताले नदिने भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् । समानुपातिकतर्फ पनि २०७४ को निर्वाचनमा पाएको मत भन्दा धेरै मत घटेको र प्रतिनिधिसभातर्फ मुस्लिम क्लस्टर ‘कोल्याप्स’ भएको खांले विज्ञप्तिमा उल्लेख गरेका छन् । आफ्नो राजीनामाबाट पार्टीमा पर्न गएको असरप्रति उनले क्षमा याचना गरेका छन् ।